‘२ रुपैयाँ’को छायाँकन सुरु,निश्चल र आशिफ लिड रोलमा

...

<p><b>&nbsp;फागुन,काठमाडौं।</b> ए जी टु वान प्रोडक्शन प्रालि तथा ब्ल्याक हर्स पिक्चर्सको संयुक्त निर्माणमा बन्न लागेको चलचित्र ‘२ रुपैयाँ’को छायांकन झापाबाट सुरु गरिएको छ। चलचित्रको छायांकन झापाको बिर्ता बजार तथा आसपासका गाउँबाट सुरु गरिएको हो।</p><p>चलचित्रमा आशिफ शाह तथा निश्चल बस्नेत मुख्य भूमिका रहनेछन् भने साथमा बुद्धि तामाङ, रविन्द्रा झा, प्रमोद अग्रहरि, मेनुका प्रधान, राजन इशान, प्रतिकराज न्यौपाने, टिका पहारीको पनि मुख्य अभिनय देख्न सकिनेछ्। चलचित्रमा आशिफ शाहको कथा ,फिरोज खड्का तथा तारा न्यौपानेको सहनिर्देशन रहेको छ।चलचित्रको छायांकन काठमाण्डौमा समापन गरिने निर्देशक असिम शाहले जानकारी दिएका छन्। ।&nbsp;</p>