अभिनेत्री स्वेताको ‘स्वेता श्री’ फाउन्डेशन शुभारम्भ

फागुन, काठमाडौं । अभिनेत्री स्वेता खड्काले ‘स्वेता श्री’ फाउन्डेशनको शुभारम्भ गरेकी छिन् । शुक्रबार राजधानीमा आयोजीक कार्यक्रममा नायक श्रीकृष्ण श्रेष्ठ र स्वेताको नामबाट यो फाउन्डेशनको नाम राखिएको बताइयो । स्वेताले सामाजिक सेवाका लागि भन्दै यो फाउन्डेशनको औपचारिक सुरुवात गरेकी हुन् ।

पूननिर्माण प्राधिकरणका प्रमुख गोविन्द पोखरेल, चर्चित कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व प्रधान सेनापति रुक्मांगत कटुवाल, माइती नेपालकी प्रमुख अनुराधा कोइराला, संगीतकार शम्भुजित बास्कोटाले एकसाथ ‘स्वेता श्री’ फाउन्डेशनको उद्घाटन गरेका हुन् ।

फाउन्डेशनले निर्माण र क्यान्सरको क्षेत्रमा काम गर्ने स्वेताले सबैमा जानकारी दिइन् । ‘दादाको चाहना पनि समाजसेवा थियो । यसैले, मैले यसलाई अगाडि बढाएकी हुँ ।’, उनले भनिन् ।

यस्तै, सिन्धुपाल्चोकको माँझी बस्तीमा बनाउन लागिएको ‘एकिकृत नमुना माँझी बस्ती’को पनि औपचारिक घोषणा कार्यक्रममा गरिएको थियो । ‘स्वेता श्री’ फाउन्डेशनले यो बस्ती निर्माणको व्यवस्थापनमा सहयोग गर्नेछ ।