राजधानीमा ‘मह कमेडी नाइट’ हुने

फागुन, काठमाडौ । काठमाडौंको लाजिम्पाटस्थित ¥याडिशन होटलमा ‘मह कमेडी नाइट’ आयोजना हुने भएको छ । मानसिक स्वास्थ्य प्रवद्र्धनमा क्रियाशिल सामाजिक संस्था आशादिप नेपालले सो कार्यक्रम गर्ने भएको हो ।

आउँदो चैत ६ गते आयोजना हुने उक्त कार्यक्रममा नेपालकै लोकप्रिय एवम् चर्चित हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) को प्रस्तुती रहने छ । कार्यक्रमलाई रोयल ट्रेजरले विशेष सहयोग गरेको छ ।

नयाँपाटी, सुन्दरीजलमा रहेको आशादिप नेपालको सहयोगार्थ नगद संकलन गर्ने उद्देश्यले मनोरञ्जनात्मक मह कमेडी नाइटको आयोजना हुन लागेको जनाइएको छ । बेलुका ६ बजेदेखि सुरु हुने सो कार्यक्रमका लागि टिकट मूल्य रु ३००० राखिएको छ भने त्यसमा हरेक टिकट खरिदकर्तालाई निःशुल्क डिनरको समेत व्यवस्था गरिएको छ ।