वरुणको ‘बद्रीनाथ की दुल्हनिया’ सर्वाधिक ओपनरको लिस्टमा

...

<p><b>फागुन, काठमाडौं।</b>शुक्रवार रिलिज भएको वरुण धवन र आलिया भट्ट स्टारर 'बद्रीनाथ की दुल्हनिया' ले पहिलो दिनमै १२ करोडको कलेक्सन गरेको छ्। यो कलेक्सनको साथै निर्देशक शशांक खेतानको यो फिल्म वर्षकै तेस्रो ठुलो ओपनर बनेको छ। वर्ष २०१७मा बलिउडमा सबैभन्दा धेरै ओपनिंग कलेक्शन गर्ने फिल्ममा शाहरुख खानको रईस रहेको छ जसले पहिलो दिनमै २०.४२ करोड कमाएको थियो। यसपछि धेरै ओपनिंग कलेक्सन गर्नेमा अक्षयकुमारको 'जॉली एलएलबी २' दोस्रो स्थानमा &nbsp;रहेको छ भने ऋतिक स्टारर 'काबिल' लाई पछि पार्दै 'बद्रीनाथ की दुल्हनिया' तेस्रो स्थानमा आएको छ। एजेन्सी&nbsp;</p><div><br></div>