दुई पुस्ताको कथामा बन्ने भयो चलचित्र ‘ब्ल्याक’

...

<p><b>फागुन,काठमाडौं।</b> आश्मा फिल्मस्को प्रस्तुति तथा प्रदिप श्रेष्ठको निर्देशनमा चलचित्र ‘ब्ल्याक’ निर्माण हुने भएको छ।बिहीबार कमलादीस्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै चलचित्रको औपचारिक घोषणा गरिएको छ।</p><p>दुई पुस्ताबीच हुने असमझदारीको कथामा आधारित रहेर निर्माण हुन लागेको यस चलचित्रमा आकाश श्रेष्ठ र डेब्यु नायिका रेनुका सिंह ठकुरी मुख्य भूमिकामा रहनेछन् । चलचित्रमा&nbsp;आकाश र रेनुकाको साथमा सुन्दर श्रेष्ठ, आश्मा पाण्डे, आयुष रिजाल, धिरेन शाक्य,सुशील क्षेत्री, प्रिया रिजालको मुख्य अभिनय रहनेछ। &nbsp;</p><p>आश्मा पाण्डेको निर्माणमा बन्न लागेको यस चलचित्रमा मौनता श्रेष्ठको लेखन, रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहने छ ।</p>