झुमा लिम्बु र मदन ढकालको नयाँ गीत ‘खोई भनम्ला’ सार्वजनिक

...

काठमाडौँ । लोकप्रिय गायिका झुमा लिम्बु र गायक मदन ढकालको स्वरमा खोई भनम्ला बोलको गीत सार्वजनिक गरिएको छ । लोक लयमा आधारीय यस गीतमा निरज काफ्लेको शब्द र घनश्याम खत्रीको संगीत छ । संगीत संयोजनको काम कृष्ण केसीले गरेका छन् ।

जेरी भण्डारीले निर्देशन गरेको गीतको भिडियोमा गायक ढकाल आफैले नृत्य गरेका छन् भने उनीसँग रचना न्यौपानेको अभिनय र नृत्य देख्न सकिन्छ । दिनेश पराजुलीको टिमले खिचेको भिडियोलाई सुजन कोइरालाले सम्पादन गरेका हुन् ।

गायक मदनले लोकप्रिय गायिका झुमासँग पहिलोपटक सहकार्य गरेका हुन् । मदनले झुमासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् ।