‘जोनी जेन्टलम्यान’को होली पोष्टर सार्वजनिक

फागुन, काठमाडौं । होलीको दिन पारेर चलचित्र ‘जोनी जेन्टलम्यान’ले होली बिशेष नयाँ पोष्टर सार्वजनिक गरेको छ ।  नितिन चन्द निर्देशी यस चलचित्रका कार्यकारी निर्माता अजय मल्ल ठकुरीले सोसियल मिडियामार्फत पोस्टर सार्वजनिक गरेका हुन् ।

‘रंगहरूको पर्व होलीको विशेष अवसरमा चलचित्र जोनी जेन्टलम्यानका सम्पूर्ण टिमका तर्फबाट तपाईँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।’ निर्माता ठकुरीले होली पर्वको शुभकामाना दिँदै लेखेका छन् ।

चलचित्रमा म्युजिक भिडियोबाट चर्चा कमाएका नायक पल शाह र नायिका आँचल शर्माको शीर्ष भूमिका रहेको छ । प्रेमकथामा आधारित रोमान्स र सामाजिक सन्देश रहेको एक्सन मुभी ‘जोनी जेन्टलम्यान’ मा पल शाहलाई फरक तरिकाले प्रस्तुत गरिएको निर्माण पक्षले बताउँदै आएको छ ।