नक्कली र सक्कली हिसिला यामीको एकैठाउँमा होली

फागुन, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईकी श्रीमती पुर्वमन्त्री हिसिला यामीले आफ्नो होली मनाएकी छिन् ।  अभिनेत्री करिस्मा मानन्धरको धुमबाहारीस्थित निवासमा आयोजना गरीएको होली बिशेष कार्यक्रमको निमन्त्रणा लाई स्विकार गर्दै कार्यक्रममा पुगेकी हिसिलाले आज मज्जैले होली मनाएकी छिन् । उनले करिस्मा र करिस्माका श्रीमान बिनोद मानन्धरसँग करिब ५ मिनेट सम्म एक होली गीतमा नाँचिन् ।

साथै टेलिभिजनको पर्दामा नक्कली हिसिला यामी बनेर नाम कमाएकी बिपना बस्नेत पनि उनीसँगै होली मनाउन पुगेकी थिइन् । टेलिभिजनका पर्दामा हिसिला जस्तै देखिने बिपना बास्तवमा पनि लगभग उनको बनाउट मिल्न जान्छ । त्यसैले पनि धेरै मानिस उनीसँग हिसिला नै हुन कि भनेर झुक्किन्छन् पनि । त्यसो त बिपनाले आँफुसँग धेरैजना धेरैपटक हिसिला भनेर झुक्किएको बताउँदै आएकी छिन् ।

कार्यक्रममा बिपना र हिसिला मन्जमा एकैठाउँमा होली गीतमा मज्जैले नाँचेका थिए । उपस्थित कलाकार, दर्शक तथा पत्रकारहरुले नक्कली र सक्कली एकैठाउँमा भन्दै तस्बिर खिचाएका थिए ।