होलीमा पानी मन पर्दैनः सुष्मा कार्की

फागुन, काठमाडौं । यसबर्षको होली पर्व हिजो (आईतबार) काठमाडौं लगायतका पहाडि जिल्लाहरुमा मनाइयो भने आज तराई जिल्लाहरुमा मनाइदैछ । यसका साथै राजधानीमा भएका नेपाली आर्टिस्टहरुले आईतबार रङहरुको पर्व होली मज्जैले मनाएका छन् । राजधानीका बिभिन्न ठाउँमा आयोजना भएका होली कार्यक्रमहरुमा आर्टिस्टहरु देखिन्थे । बसन्तपुर, टुडिखेल, सातदोबाटो, न्युरोड, चाबहिल, गोदावरी, नक्साल लगायतका ठाउँमा आईतबार कलाकारहरुले दर्शकहरुसँग होली मनाएका थिए ।

यसका साथै नायिका सुष्मा कार्कीले पनि होली पर्व मनाएकी छिन् । गोदावरीस्थित अभिनेत्री करिस्मा मानन्धर निवासमा आयोजीत होली बिशेष कार्यक्रममा पुगेकी सुस्माले पनि चलचित्रकर्मि तथा दर्शकहरुसँग होली मनाएकी छिन् । कार्यक्रमको सुरुवातीको केहि वेर होली खेलेर सुस्मा बाहिरीएकी थिइन् ।

सुस्माले आँफुलाई होलीमा रेड, पिंक र ग्रिन कलर बेष्ट लाग्ने बताउँछिन् । सबै कलरको होलीमा उत्तिकै महत्व हुने तर यी तिन कलर आँफ्नो रोजाईमा सँधै पर्ने बताउँछिन् । साथै उनले होलीमा आफ्ना नजिकका साथीभाईहरुसँग खेल्न मनपर्ने पनि बताउँछिन् ।

सानोमा बेलुनमा पानी भरेर बाटोमा हिड्नेहरुलाई लोला हानेको सम्झदै सुस्माले अहिले भने बिभिन्न रङले मात्र होली खेल्नुपर्ने बताउँछिन् । साथै उनले होलीमा धेरैले स्वास्थ्यलाई नै असर गर्ने गरी माद्यकपदार्थ पिउनेहरुलाई सकेसम्म त्यसतो कुरा नखानका लागी आग्रह गर्छिन् ।