शाहरुखको साथमा कहिल्यै काम गर्दिन -कंगना रनावत

फागुन काठमाडौं।पछिल्लो समय निर्माता करण जौहरको साथमा भएको विवादका कारण चर्चामा आएकी नायिका  कंगना रनावतले यस्तो फैसला गरेकी छिन ,जुन थाहा पाएर कंगनाका फ्यानहरु चकित पर्नु हुनेछ्। भारतीय मिडिया अनुसार हालै उनले एक अन्तरवार्तामा आफुले कहिल्यै शाहरुख खानको साथमा काम नगर्ने बताएकी छिन्।उनका अनुसार उनी आफ्नो ब्रान्ड बनाउन चाहन्छिन्। उनले सलमान तथा आमिर खान संग पनि कुनै फिल्म खेलेकी छैनन्।

बलीउडको खान्सको साथमा गरेको कामले आफुलाई अघि बढ्न सहयोग नपुर्याउने भन्दै खान नायकहरुसंगको सहकार्य आफुले नरुचाएको जनाएकी छिन्। खान्स फिल्ममा अरुलाई डोमिनेट गरिने बताउँदै उनले खान्स संगको सहकार्यले आफुलाई कुनै ठुलो उपलब्धि नदिने बताएकी छिन्। साथै उनले केवल आफ्नो मात्र प्रसिद्धिको बारेमा सोच्ने स्टारहरुको पछि लाग्नु मुर्खता हुने बताएकी छिन्।एजेन्सी