निखिलको ‘रुद्र’ साउन २० मा आउने

...

<p><b>फागुन,काठमाडौं।</b> एक्शन नायक निखिल उप्रेतीको निर्माणमा बनेको चलचित्र रुद्रको रिलिज मिति घोषणा गरिएको छ।चलचित्र साउन २० बाट प्रर्दशनमा आउने भएको छ।चलचित्रमा निखिलले खलपात्रको भुमिका निर्वाह गरेका छन्। यसै चलचित्रबाट विश्व शर्मा र साहाराले नव अभिनेता तथा अभिनेत्रीका रुपमा रजतपटमा डेब्यू गरेका छन्। चलचित्रमा निखिल, विश्व र साहाराका साथै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय रहेको छ ।हिमाल केसीको द्वन्द्व रहेको यस चलचित्रमा रामजी लामिछानेको निर्देशन रहेको छ। यसै चलचित्रबाट निखिल पहिलो पटक खलपात्रको भुमिकामा देखिन लागेका हुन्।&nbsp;</p><div><br></div>