कलाकार संघको साधारणसभा सम्पन्न, कलाकारहरुलाई सम्मान

फागुन, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको १५ औं साधारणसभा सम्पन्न भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संघले आफ्नो बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संघका अध्यक्ष रामकेशर बोगटीले प्रगती विवरण सार्वजनिक गरेका थिए ।  अध्यक्ष बोगटीले आफ्ना केहि मन्तब्य राख्दै बार्षिक प्रगती विवरण पेश गरेका थिए ।  चलचित्र र चलचित्रसँग जोडिएका कलाकर्मीको पक्षमा आफ्नो कार्यकालमा भएका प्रगतीहरू सार्वजनिक गर्दै उनले कार्यकाल अवधिभर नै संघको आफ्नै भवन बनाई छाड्ने प्रतिवद्धता दोहोर्याएका थिए ।

यस्तै कार्यक्रममा चलचित्र क्षेत्रमा योगदान दिँदै आएका विभिन्न चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरिएको छ । चलचित्र कलाकार संघ पुरस्कार २०७३ बाट उपाध्यक्ष समेत रहेकी विशिष्ट अभिनेत्री लक्ष्मी गिरी सम्मानित भईन भने शान्ति मास्के पुरस्कारबाट अभिनेता पुरन थापाले सम्मान पाए ।

यस्तै चलचित्र कलाकार संघ विशेष सम्मानबाट हाँस्य अभिनेता सिताराम कट्टेल धुर्मुस र अभिनेत्री कुञ्जना घिमिरे सम्मानित भए । यस्तै सोहि सम्मान विश्वका कान्छा निर्देशक सौगात विष्टलाई पनि प्रदान गरियो ।

कलाकार संघ पत्रकारिता सम्मानबाट प्रकाश सुवेदी, अशोकप्यासी राई र विष्णु सुवेदी सम्मानित भए भने चलचित्र कलाकार संघ सेवा सम्मानबाट संघका उपाध्यक्ष सानुकुमार ताम्राकार र सह कोषाध्यक्ष सुनिल कटुवाल सम्मानित हुँदा नव प्रतिभा प्रोत्साहन सम्मान अभिनेत्री वर्षा राउतलाई प्रदान गरियो ।