‘हिटलर’को फस्टलुक सार्वजनिक,तोकियो रिलिज डेट

...

<p><b>चैत्र, काठमाडौं।</b> सौरभ ढकालको निर्देशनमा बनेको चलचित्र 'हिटलर' को प्रर्दशन मिति घोषणा गरिएको छ्। सोमबार राजधानी आयोजित कार्यक्रममा फस्ट लुक सार्वजनिक गर्दै चलचित्र जेठ १२ देखि प्रर्दशनमा आउने जानकारी दिइएको छ। चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका हुन्। कार्यक्रममा चलचित्रको नामले निरंकुशतालाई इकिंत गरेपनि चलचित्र भने हाँस्यप्रधान प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जानकारी दिएको छ। प्रेम भैसकेपछि आउने विभिन्न समस्यालाई चलचित्रमा देखाइएको निर्देशक ढकालले बताएकाछन ।</p><p>अष्टनारायण पिक्चर्सको प्रस्तुति रहेको यस चलचित्रमा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरूङको मुख्य अभिनय रहेको छ।नायिका सामियाले यसै चलचित्रबाट रजतपटमा डेब्यु गरेकी हुन्। चलचित्रलाई अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको &nbsp;सहकार्यमा निर्माण गरिएको हो।&nbsp;</p><div><br></div>