नयाँ कलाकारको खोजीमा ‘छक्का पञ्जा–२’

...

<p><b>चैत,काठमाडौं।</b> चलचित्र ‘छक्का पञ्जा' को सिक्वेलको रुपमा बनाउन लागिएको चलचित्र ‘छक्का पञ्जा–२’मा नयाँ कलाकारको खोजी भइरहेको निर्देशक दीपाश्री निरौलाले बताएकी छन् । निरौलाले चलचित्रमा पुराना कलाकार सबै यथावत नै रहेपनि थप दुई जना नायक तथा नायिकाको खोजि भइरहेको बताएकी छिन्।नयाँ कलाकारको छनोट अडिसनबाट गर्नेे वा त्यतिकै लिने भन्ने कुरा भने निर्णय नभएको उनले जनाएकी छिन्।&nbsp;</p><p>फागु पर्वको अवसर पारेर आइतबार घोषणा गरिएको चलचित्र जेठको दोस्रो हप्तादेखी फ्लोरमा जाने &nbsp;बताइएको छ। चलचित्रलाई दीपाश्री आफैले निर्देशन गर्नेछिन् ।चलचित्रको नाम ‘छक्का पञ्जा–२’ रहेपनि कथा भने सिक्वेल नहुने निरौलाले बताएकी छिन।चलचित्र ‘छक्का पञ्जा’ धेरै समयपछि १०१ दिन मनाउने नेपाली चलचित्र हो । चलचित्रले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको थियो ।</p>