‘दर्पण छांया २’ ले सोचेअनुरुप व्यापार गर्न सकेन

चैत, काठमाडौं । बहुप्रतिक्षित मानिएको ‘दर्पण छांया’को सिक्वेल ‘दर्पण छांया २’ शुक्रबारबाट देशैभर प्रदर्शनमा आएको छ । सिनेमाले राम्रै व्यापार गरिरहेको सिनेमाका बितरक हरु बताउँछन् । देशको राजधानी बाहिरका सिनेमा हलहरुमा राम्रै दर्शकको चाप भएपनि सिनेमाले काठमान्डौंमा भने आफुलाई मजबुत बनाउन सकेन् ।

तुलसी घिमिरेको निर्देशनमा तयार भएको यस सिनेमाले म्युजिकल प्रेम कथालाई प्रस्तुत गर्न खोजेको छ । कथाबस्तु र प्रस्तुती राम्रो भएपनि सिनेमाले मल्टिप्लेक्समा भने थोरै मात्र हल पाएको छ । केही समयअघि रिलिजमा आएको सिनेमा ‘लुट’ र शुक्रबारबाटै हलमा प्रदर्शन भईरहेको सिनेमा ‘बद्रिनाथकि दुलनिया’को तुलनामा ‘दर्पण छांया २’ ले निकै कम शो पाईरहेको छ । अझ भन्दा ‘लुट’ र ‘बद्रिनाथकि दुलनिया’को सोझै प्रभाव परेको छ ‘दर्पण छांया २’ लाई । काठमान्डौंका अधिकांश क्युएफएक्स सिनेमा घरहरुमा ‘दर्पण छांया’ले निकै कम मात्रामा शो पाईरहेको छ । शनिवार सिनेमाले कुमारी हलमा एक शो मात्र पाएको थियो । त्यसोत सिनेमाले सिभिल मलमा दिउँसोको १ सो, सिने डि क्याफेमा १ शो मात्र पाएको थियो । त्यसबाहेकका अधिकांश मल्टिप्लेक्स सिनेमाहलहरुमा ‘दर्पण छांया २’ भन्दा बलिया बने ‘लुट’ र ‘बद्रिनाथकि दुलनिया’ ।

नयाँ कलाकारको बाहुल्यता रहेको यस सिनेमाले सोचे अनुरुपको शो पाउन सकेन । आशा गरिएको जस्तो दर्शक र सिनेमाहल नपाउँदा सिनेमाले चर्चा अनुरुपको व्यापार गर्न सकेको छैन् । म्युजिक भिडियोबाट चम्केका मोडल पुष्पल खड्काको सिनेमा रिलिज अघि खुबै चर्चा भयो । सिनेमाका कलाकारहरुको जति चर्चा सुनियो सिनेमा रिलिज भएपछि सबैले सिनेमाले राम्रो व्यापार गर्ने आशा राखेका थिए । तर रिलिज पछि भने सिनेमाले अर्के मोड लियो, न त सिनेमाले हलमा राम्रो शो नै पायो न त चर्चा भएजति दर्शकनै  । ब्लक बोष्टर बनेको सिनेमा ‘दर्पण छांया’को सिक्वेल यस सिनेमाले आशा गरेजति राम्रो व्यापार नगर्दा अहिले सिनेमाका कलाकारहरुको चर्चा सिने वृतमा सुन्न थालिएको छ । यसै सिनेमाबाट चम्कने आशा राखेका साहारा कार्की र श्रद्धा प्रसाईको करिअरका बिषयमा चर्चा चल्न थालेको छ । आफ्नो पहिलो सिनेमा बताईरहेका पुष्पललाई नमज्जाले ठक्कर दिएको छ यस सिनेमाले ।

१६ बर्षपछि सिनेमा निर्देशनमा फर्किएका निर्देशक तुलसी घिमिरेको निर्देशनलाई गीतसंगीत र कथाबस्तुको सबैले चर्चा गरेका छन् । तर दर्शकले जतिनै सिनेमाको तारिफ गरेपनि सिनेमाहलले शो नदिएपछि निर्माण टिमको के लाग्छ र । हामीले शनिवार थुप्रै सिनेमाहलमा ‘दर्पण छांया २’ को शो बारे जान्ने कोशिस गर्यौ । जसमा सांझ ५ बजेको एउटा शो कुमारी हलमा भएको जानकारी पायौं । त्यसबाहेक बालाजुको गंगा सिनेमा हल, गोपिकृष्ण, सिने डि क्याफ, क्युएस सिनेमा, लगायतका केही सिनेमा हलमा मात्र सिनेमाले शो पाएको थियो । सिनेमाले केही सिनेमा हलमा शो त पाएको थियो तर दिनमा मात्र एउटा शो पायो । अब निर्माण टिमलाई यो भन्दा बढी दुखको कुरा हुन्थ्यो होला र । दर्शकका लागि एउटा राम्रो सिनेमा निर्माण गरेर मात्र हुदैन सिनेमा हलमा शो पाउन सिनेमा निर्माण भन्दा बढि कसरत गर्नुपर्ने प्रष्ट देखिएको छ ।

बुझिए अनुसार सिनेमाले जति सिनेमाहलमा शो पाएको छ हाउसफुल व्यापार भने गरिरहेको छ । पहिलो दिनको तुलनामा सिनेमाहलमा दर्शकको चाप भने बढेको छ । पहिलो दिन ‘बद्रिनाथकि दुलनिया’को सोझै प्रभाव परेको सिनेमाले अहिले भने राजधानी बाहिरका र भित्रका केही सिनेमाहलमा राम्रो दर्शक पाईरहेको छ । तर सोचेअनुरुप सिनेमाले बक्स अफिसमा कमाल भने गर्न सकेको छैन् ।