५२ लागे आमिर,यस्तो छ उनको फिल्मी करियर

चैत,काठमाडौं। बलिउडका मिस्टर परफेक्शनिष्टका रुपमा चिनिएका नायक अमिर खान आज बाट ५२औं वसन्तमा टेकेका छन्।  चकलेटी हिरोको रुपमा बलिउड नगरीमा आएका उनले ५२ वर्ष पुग्दा सम्म आफ्नो अलग पहिचान बनाउन

सफल भएका छन्।

सन् १९७३ मा फिल्म ‘यादों की बारात’बाट बाल कलाकारको रुपमा अभिनय सुरु गरेका आमिर सन् १९८४ मा फिल्म ‘होली’बाट अभिनेताका रुपमा आएका हुन्। सुरुसुरुमा त्यति सफलता हासिल गर्न नसकेपनि १९८८ मा  फिल्म ‘कयामत  से कयामत तक’ले भने उनको करियरलाई माथि उकास्न सहयोग गर्यो। आमिरले उक्त फिल्मबाट उत्कृष्ट नवकलाकारको अर्वाडसमेत जितेका थिए। पछि फिल्म ‘राजा हिन्दुस्तानी’ले  उनलाई बलिउड नगरीमाा उच्च स्थान मा पुर्यायो। उनका चर्चित फिल्महरुमा  ‘इश्क’, ‘गुलाम’, ‘सरफरोश’, ‘मन’, ‘अर्थ’, ‘मेला’, ‘लगान’, ‘दिल चाहता हे’,  ‘रङ्ग दे बसन्ती’, ‘फना’, ‘तारे जमिन पर’, ‘गजनी’, ‘थ्री इडियट्स’, , ‘तलाश द आन्सर लाइज विदिन’, ‘धुम ३’, ‘पीके’, ‘दङ्गल’ आदि पर्छन्।

अभिनेताको रुपमा मात्र नभई आमिरले निर्माताको रुपमा पनि बलिउडमा निकैनै नाम कमाएका छन्। उनले निर्माण गरेका लगान, तारे जमिन पर, जाने तु या जाने ना, पिपली लाईफ , धोबीघाट, डेल्ही बेली, तलास आदि पर्दछन।बलिउडमा चर्चाका अलावा उनलाई भारत सरकारले सन् २००३ मा पद्मश्री र सन् २०१० मा पद्मभूषणले सम्मानित पनि गरेको थियो।