गौरी मल्ललाई हर्क साम्पाङको चेतावनी : ‘सरकारमा हुँदा जेल जानुपर्छ, श्रमदानमा ढुंगा बोक्नुपर्छ’

...

काठमाडौं । चलचित्र ‘ककाकिकी’को प्रचारका लागि अभिनेत्री गौरी मल्ललाई पक्राउ गरिएको दृश्य प्रस्तुत गरिएको घटनाले नयाँ विवाद सिर्जना गरेको छ । यही विषयलाई लिएर सांसद हर्क साम्पाङले आक्रामक अभिव्यक्ति दिएका छन् ।


साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा गौरी मल्ललाई लक्षित गर्दै उनी अब प्रतिष्ठित अभिनेत्री नरहेको टिप्पणी गरेका छन् । चलचित्रको प्रचारका लागि अपराधसँग जोडिएको यस्तो मजाक गरिएको भन्दै उनले यसलाई आपराधिक कार्यको संज्ञा दिएका छन् ।
‘गौरी मल्ल अब प्रतिष्ठित अभिनेत्री रहिनन् । उनले चलचित्रको प्रचारका लागि आपराधिक प्रकृतिको प्र्यांक गरिन् । त्यो आपराधिक कार्य हो,’ साम्पाङले लेखेका छन् ।


उनले आफूहरू सरकारमा पुगेको अवस्थामा यस्तो कार्य गर्ने व्यक्तिले जेल जानुपर्ने र श्रमदानमा ढुंगा बोक्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
‘यदि यस्तो कुरा हामी सरकारमा हुँदा भएको भए उनी जेल जाने थिइन् र श्रमदानमा ढुंगा बोक्ने थिइन्,’ उनको स्टाटसमा उल्लेख छ ।


चलचित्र ‘ककाकिकी’को प्रचारात्मक प्रस्तुतिका क्रममा प्रहरीको पोसाक र पक्राउको दृश्य देखाइएपछि सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । उक्त दृश्य वास्तविक पक्राउ नभई चलचित्र प्रचारका लागि तयार गरिएको प्रस्तुति भएको निर्माण पक्षको भनाइ छ ।


यसअघि अभिनेता तथा हास्यकलाकार मनोज गजुरेलले पनि उक्त प्रस्तुतिका कारण दर्शकमा भ्रम सिर्जना भएको भन्दै आफ्नो तर्फबाट माफी मागेका थिए