हेर्नुभयो ? ‘बाहुबली २’ का निर्देशकले ट्रेलर आउनु अघिनै यो भिडियो सेयर गरेका थिए

चैत, काठमाडौं । बहुप्रतिक्षित फिल्म 'बाहुबली २' का लागी दर्शकहरु निकै आतुर छन् । यसका साथै 'बाहुबली २' को निकै छोटो ट्रेलर लुक्स पनि सार्वजनिक भइसकेको छ । त्यसोत यो ट्रेलर लुक्स सार्वजनिक हुनु अगावै सार्वजनिक भएका पोष्टरहरु पनि खुबै चर्चामा छन् । ट्रेलर आज (१६ मार्च) मा सार्वजनिक हुँदै छ । बुझिए अनुसार सार्वजनिक ट्रेलर २ मिनेट २ सेकेन्डको हुनेछ ।

फिल्मका निर्देशक एस. एस. राजामौलीले फिल्मका पोष्टर र ट्रेलर केहि फरक तरिकाबाटै सार्वजनिक गर्ने गरेका छन् त्यसैले पनि फिल्मलाई अझ चर्चामा आउन सहज भएको छ । निर्देशक राजामौलीले केहि दिन अघिमात्रै फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मभित्रका केहि कुरा लेखिदिए जसले दर्शकलाई अझ कौतुहोल्ता थपिदियो । उनले नयाँ पोस्टर सार्वजनिक गरेसँगै पोष्टरमा दुई भाग देखिएका छन् । माथिल्लो भागमा कटप्पा अमरेन्द्र बाहुबलीलाई आफ्नो हातमा उठाइरहेका छन् । तल भने कटप्पा नै बाहुबलीलाई तरवारले प्रहार गरिरहेका छन् । पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘जुन बच्चालाई उनले ठूलो बनाए, उसलाई नै मारिदिए ।’

निर्देशक राजामौलीले ट्रेलर आउनुअघि नै ट्रेलरको लुक्स भिडियो सार्वजनिक गरीदिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत १२ सेकेन्डको लुक्स भिडियो सेयर गरीदिएका हुन् । जसले गर्दा पनि दर्शकलाई ट्रेलर हेर्न आतुर बनाएको छ । फिल्म आउँदो २८ अप्रिलमा रिलिज हुँदैछ । यसअघिको बाहुबली फिल्म ६ भाषामा बिभिन्न देशहरुमा देखाइएको थियो । जसले गर्दा पनि यस फिल्मले खुबै चर्चा र ब्यापार गर्न सफल भयो ।

Baahubali 2 – The Conclusion | Trailer on March 16