काठमाडौंमा एकसाथ नेपाल र अरुणाञ्चल प्रदेशको साँस्कृतिक कार्यक्रम

...

<p><b>चैत,काठमाडौं।</b> नेपाल–भारत मानव विकास एवं मैत्री संघ, काठमाडौ र भारत–नेपाल मानव विकास एवं मैत्री संघ, अरुणाञ्चल प्रदेश भारतको संयुक्त आयोजनामा राजधानीमा &nbsp;‘नेपाल र अरुणाञ्चल प्रदेश, भारतको सांस्कृतिक कार्यक्रम’हुने भएको छ। यहि शुक्रबार र शनिबार &nbsp;दुई देशको संयुक्त सांस्कृतिक कार्यक्रम सुरु हुने जानकारी दिइएको छ। &nbsp;।</p><p>कार्यक्रममा अरुणाञ्चल प्रदेशका कलाकारहरुले ८ ओटा विभिन्न नृत्यहरु प्रस्तुत गर्नेछन् । कार्यक्रमका लागि भारत नेपाल मानव विकास मैत्री संघ, भारतका अध्यक्ष खान्डु थुँगनको नेतृत्वमा ५७ जना कलाकारको टोली &nbsp;बुधबार साँझ नै काठमाडौआएको जनाइएको छ। त्यस्तै नेपालका तर्फबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले हुड्केली र थारु नृत्य, भारतीय संस्कृतिक केन्द्र, भारतीय दुतावास, काठमाडौंले दुई ओटा नेपाली नृत्य र काठमाडौंबाट स्थानीय नेवार समुदायले एक नेवारी नृत्य प्रस्तुत गर्ने बताइएको छ।&nbsp;<img src="http://artistkhabar.com/uploads/posts/c7c3175c5decee7b79e5b09fe784409b1489638602.jpg" style="width: 768px;"></p><p>&nbsp;कार्यक्रम शुक्रबार भृकुटीमण्डप स्थित बगैंचामा १ बजे बाट सुरु हुनेछ भने रत्नपार्क स्थित शान्ति &nbsp;बाटिकामा शनिबार १ बजेबाट साँढे तीन बजेसम्म संचालन हुने नेपाल भारत मानव विकास एवं मैत्री संघ काठमाडौ, सांस्कृतिक विभागका संयोजक संजयबाबु ढकालले बताएका छन्।&nbsp;</p>