चैत, काठमाडौं । नेपाली चलचित्र ‘मेरो पैसा खै’ टिम छायांकनका लागी मुस्ताङ जानेभएको छ । चलचित्रको ७५ प्रतिशत छायांकन सकिए र बाँकी छायांकनका लागी मुस्ताङलाई रोजिएको निर्माता तथा निर्देशक रोज राणाले बताएका छन् ।

दुई हप्तापछि ‘मेरो पैसा खै’ छायांकनका लागि सौगात मल्ल, वर्षा राउत लगायतका कलाकार मुस्ताङतर्फ लाग्नेछन् । ‘मेरो पैसा खै’ निर्देशन गरिरहेका भारतीय चलचित्र निर्देशक विवेक शर्मा सेटबाटै पैसा लिएर फरार भएपछि अहिले रोज आफैंले निर्देशन गरिरहेका छन् । दोलालघाटमा ‘मेरो पैसा खै’ निर्देशन गरिरहेका शर्मा ४० लाख रुपैयाँ लिएर भागेका निर्माता रोज राणाले दाबी गर्दै आएका छन् । शर्मा भागेपछि रोजले आफूसँग रहेको पुरानो स्क्रिप्टमा चलचित्र बनाइरहेका छन् ।