बर्षालाई सम्भावना सँगै चुनौती

चैत, काठमाडौं । नेपाली चलचित्रक्षेत्रमा प्रवेश गरेको छोटो समयमा नै आँफुलाई स्थापित गराएकी नायिका हुन् बर्षा शिवाकोटी । चर्चित चलचित्र पशुपति प्रसादमा अभिनय गरेपछि अझ चर्चामा आएकी बर्षाले त्यसपछि केहि चलचित्रहरुमा अफर पाइन् । एकपछि अर्को चलचित्रमा अभिनय गर्ने मौका पाएता पनि उनले अभिनय गरेका चलचित्रहरुले त्यसपछि बक्सअफिसमा भने राम्रो ब्यापार गर्न सकेनन् ।

चलचित्रकर्मिहरु बिच निकै प्रसंसनिय बनेको ‘पशुपति प्रसाद’ ले उनको करिअरमा ठुलो सहयोग त ग¥यो तर त्यसपश्चात उनलाई सफल चलचित्र नमिल्नाले करिअर बनाउन गाह्रो पर्दैछ । त्यसैले उनलाई यसो समयमा एउटा राम्रो चलचित्रको आवश्यक देखिन्छ ।

चलचित्रमा नायिकाको अभिनयका साथै रुप बनाउट पनि त्यतिकै आवश्यता हुन्छ तर रुपले मात्र नहुने भएकाले कैंयौं नायिकाहरु एक चलचित्रको अभिनय पनि पछि परेका उदाहरण धेरै छन् । त्यस्तै राम्रो रुप र शारिरीक बनाउटकी बर्षालाई चलचित्रमा दर्शकले रुचाएको पाइन्छ ।

चलचित्रमा लगातार काम गर्नु भन्दा पनि सिनेमा सफल दिनु कलाकारका लागि सबैभन्दा ठुलो कुरा हो । बर्षाका लागि पनि अहिले एउटा सफल चलचित्रको आवश्यकता पक्कै देखिन्छ । बर्षाको ‘पशुपति प्रसाद’ पछिको चलचित्र ‘सुब्बा साब’ले पनि चर्चा चले अनुसारको ब्यापार गर्न सकेन । जसको असर बर्षालाई केही थोरै भने परेकै छ ।  बर्षालाई यसको कुनै असर नपरेपनि निर्माता निर्देशकलाई भने पक्कै जनि यसको गतिलो असर परेको हुन्छ । जुन कलाकारका लागि लगानि गर्यो उसैले आफ्नो लगानी उठाउन सकेन भने निर्माताले लगातार उहि कलाकारमाथि दोहो¥याएर कुनै पनि निर्माताले लगानी फसाउन चाहादैनन् ।

अहिले बर्षालाई अर्को चुनौति थपिएको छ, आउँदो चलचित्र ‘लप्पन छप्पन’ सफल बनाउनु उनको चुनौतीको कुरा हो । उनको करिअरलाई बुष्ट गर्नका लागि ‘लप्पन छप्पन’ सबैभन्दा बढी आशावादी चलचित्र पनि हो । पछिल्लो समय युवापुस्तामाझ निकै सफल र चर्चित कलाकारहरु सौगात मल्ल, अर्पण थापा र दयाहाङ्ग राईको अभिनय रहेकाले पनि यस चलचित्रलाई पछिल्लो समय सिनेवृतमा निकै आशावादी मानिएको छ ।

‘लप्पन छप्पन’मा पनि क्राईमको बिषय उठाएको हुनाले पछिल्लो पुस्ताले क्राईमलाई रुचाईरहेका छन् । त्यो हिसाबले पनि ‘लप्पन छप्पन’बाट केही आशा भने गर्न सकिन्छ । अर्को कुरा चलचित्रको गतिलो आशालाग्दो पक्ष भनेको चलचित्र बिदेशमा खिचिनु पनि हो । त्यस हिसावले केही आशा गर्न सकिए पनि पुर्ण रुपमा ढुक्क रहन भने अझै पनि गाह्रो छ ।

अहिले नेपाली चलचत्रिको क्षेत्र निकै फराकिलो बन्दै गएको छ । केहि बर्ष अगाडिका चलचित्रको कुरा गर्दा दर्शक चलचित्रका कलकारलाई हेर्नकै लागी पनि हलसम्म पुग्थे तर अहिले कलाकार मात्र हेर्न दर्शक हलसम्म पुग्दैनन् । अहिले चलचित्रको कथा बस्तु र प्रस्तुतीको शैली बलियो बनाउनु जरुरी छ । अब बर्षाको बिषयमा भने यो उनको करिअरको सबैभन्दा आशा लाग्दो चलचित्र हो । यो चलचित्र सफल भए बर्षालाई अफरहरुको बर्षा लाग्न सक्छ । तर चलचित्र असफल भए बर्षाको चलचित्रको करिअरमा प्रश्न नउठ्ला भन्न सकिदैन् ।