चैत, काठमाडौं।आदिवासी कला र संस्कृतिको उत्थानका लागि प्यासिकपिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा आयोजित ‘आदिवासी सुन्दरी’ अर्थात् ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’को ट्यालेन्ट राउण्ड तथा प्रि–जजिङ राउण्ड सम्पन्न भएको छ। शनिवार राजधानीको लाजिम्पाटस्थित सम्पदा रिर्सोटमा सम्पन्न भएको ट्यालेन्ट शो अन्तर्गत प्रतिभा प्रस्फुटन कार्यक्रममा ४४ जना युवती प्रतियोगीले गायन, नृत्य, अभिनय, वक्तृत्वकलालगायतका प्रतिभा देखाएका थिए ।

यस ट्यालेन्ट राउण्डको निर्णायकमा कोरियोग्राफर रोजिन शाक्य, मोडल विपना थापा, उज्वलकृष्ण श्रेष्ठ, तेह्रथुमे ढाका बुटिककी सञ्चालक तथा फेसन डिजाइनर निरु आङ्बुङ, राम मादेन, प्रदीपमान प्रधान, अधिवक्ता लक्ष्मण महर्जन, व्यवसायिक अमरज्योती रञ्जित आदि रहेका थिए ।

आउँदो १४ चैतमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा कार्यक्रमको फाईनल प्रतिस्पर्धा हुने जनाईको छ ।ट्यालेन्ट राउण्डको नतिजा पनि फाइनलकै दिन घोषणा गरिने बताइएको छ। प्रतियोगिताका लागि प्रतियोगीहरु एक सातादेखि विभिन्न आदिवासी जनजाती क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुबाट पनि आदिवासी शीप, कला, भाषा र संस्कारबारे प्रशिक्षण लिई रहेका छन् ।