<p><b>चैत, काठमाडौं।</b> बलिउडका चर्चित कमेडियन कपिल शर्मा एकपटक फेरि चर्चामा आएका छन्। हालै मिडियामा कपिलले अष्ट्रेलियाबाट शो सकेर भारत फर्किने क्रममा आफ्नै सह-कलाकार सुनिल ग्रोवरलाई अपशब्द प्रयोग गर्दै हातपात गरेको खवर बाहिरिएको छ। मदिराले मात्तिएको अवस्थामा आफ्नै सहकर्मीमाथि हातपात गरेपछि उनलाई नियन्त्रण गर्न प्लेनका कर्मचारी नै आउनुपरेको बताइएको छ। कपिलको यस्तो व्यवहार पछि सुनिलले भने अन्य यात्रुसँग माफी मागेको मिडियाले जनाएको छ। </p><p>घटनाका बारेमा कपिलले हालै एक भारतीय मनोरञ्जन साइट, बलिउड लाइफलाई यस्तो प्रतिक्रिया दिएका छन्।</p><p>''मलाई थाहा छैन्.. खासमा हाम्रो प्रkत्येक उडानमा लडाईं हुने गर्छ.. हरेक ठाँउमा हुने गर्छ..यो स्वस्थ्य लडाईं हो..हामी कामका लागि लडाईं गर्छौं..''एजेन्सी</p>







६ चैत्र २०७३, आईतवार ०७:५० 








