नीताको डिमाण्ड: १० लाख पारिश्रमिक

...

<p><b>चैत, काठमाडौं।</b> पछिल्लो समय चलचित्र 'निर्भय'को प्रचारप्रसारमा व्यस्त रहेकी नायिका नीता ढुंगानाले आफ्नो पारिश्रमिक तोकेकी छिन्। शनिबार राजधानीमा आयोजित फिल्म निर्भयको प्रचारात्मक कार्यक्रममा उनले मिडियासंग आफुलाई कसैले एक चलचित्रबाट १० लाख पारिश्रमिक दिएमा उक्त चलचित्रको समयमा अन्य कुनै चलचित्र तथा म्युजिक भिडियोमा काम नगर्ने बताएकी छिन्। &nbsp;</p><p>&nbsp;साथै उनले नेपालमा एउटा चलचित्रमा मात्र काम गरेर नायिकाहरुलाई पारिश्रमिक धेरै नहुने भएकाले चलचित्र बाहेक अन्य म्युजिक भिडियोमा &nbsp;पनि काम गर्नु पर्ने बताएकी छिन। &nbsp;</p><p>नायिका नीता ढुंगाना र निखिल उप्रेती अभिनित चलचित्र ‘निर्भय’ चैत्र ११ गतेबाट देशभर रिलिज हुँदैछ ।</p>