शाहरुखले लेडी बडिगार्ड राख्नुको कारण यस्तो

...

<p><b>चैत, काठमाडौं।</b> इंडिया टुडे कनक्लेव २०१७ को दोस्रो दिनमा सहभागि भएका बलिउड स्टार शाहरुख खानले यसपटक आफ्नो स्टारडम,फ्यान्स, परिवारको बारेमा खुलेर कुरा गरेका छन्। &nbsp;यसै मौकामा उनले आफुले महिला सुरक्षाकर्मी राख्नुको कारण पनि खुलाएका छन्।&nbsp;</p><p>शाहरुखले बताएका छन -उनी लेडी बडिगार्डको साथमा हिड्ने गर्छन्। यसको कारण बताउदै उनले भने- ''यस्ता धेरै महिला छन् जो मलाई मन पराउछन र नजिक आउन चाहन्छन् ,मलाई छुन चाहन्छन। उनीहरुको निकै सुन्दर नङ हुने गर्छ जसले निकै नै चोट दिने गर्छ। साथै उनीहरुको नङको निशानको बारेमा परिवारलाई सम्झाउन मुश्किल हुने गर्छ। उनीहरुलाई सम्झाउन मैले निकै सफाई दिन पर्ने हुन्छ। त्यसैले मैले महिला सुरक्षाकर्मी राख्न सुरु गरेको हुँ।'' &nbsp;एजेन्सी</p>