बाहुबलीले तोड्यो रेकर्ड, पहिलो दिनमै ५० करोड

...

babubali anuskaअसार, काठमाडौं । भारतकै इतिहाँसमा सबैभन्दा महँगो फिल्म बाहुबलीले पहिलो दिनकै शो बाट ५० करोड कमाएर रेकर्ड राखेको छ । शुक्रबार बाट रिलिज भएको यो फिल्म ४००० सिनेमा हलमा लागेको थियो । फिल्म २५० करोडको लागतमा बनेको हो ।

पहिलो दिनमै ५० करोड कमाउनु हिन्दुस्थानी फिल्मको सबैभन्दा बढि कमाए भनिएको छ । बाबुबलीलाई राजमौली ले निर्देशन गरेका हुन् । फिल्म बन्नको लागि मात्र ३ बर्ष लागेको थियो । फिल्ममा अभिनेता प्रभास, राणा दग्गूबाती, तमन्ना भाटिया, राम्या कृष्णन, नसार र सत्याराज को मुख्य भुमिका देख्न सकिन्छ ।