चैत,काठमाडौं ।

आज दिउँसो निर्वाचन आयोगको कार्यालय घेराउका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा गायिका तथा राप्रपा नेपालकी केन्द्रिय सदस्य कोमल वली घाइते भएकी छिन् । घाइते कोमलको यतिबेला काठमाडौंको मोडल अस्पतालमा उपचार भइरहेको छ ।

पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णयको विरोध गर्दै राप्रपाका नेता तथा कार्यकर्ता निर्वाचन आयोगको केन्द्रिय कार्यालय घेराउ गर्न गएका थिए । झडपमा प्रहरीले लाठीचार्ज सहित अश्रुग्यास हानेको थियो भने राप्रपा कार्यकर्ताले सुरक्षाकर्मीलाई ढुंगा प्रहार गरेका थिए । झडपमा गायिका कोमल सहित अन्य नेता तथा कार्यकर्ता घाइते भएका छन्। अन्य घाइतेको पनि उपचार भइरहेको छ ।