पत्रकार निमेष गौतमलाई डेढ लाख सहयोग हस्तान्तरण

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">घाइते भएका पत्रकार निमेष गौतमलाई करिब डेढ लाख सहयोग हस्तान्तरण गरीएको छ । एक साता अगाडि सिढीबाट लडेर टाउकोमा गम्भिर चोट लागेर विर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका रंग पत्रकार गौतमलाई चलचित्र पत्रकार संघ नेपालले १ लाख ४६ हजार रुपैयाँ सहयोग जुटाएर हस्तान्तरण गरेको हो ।&nbsp;</p><p style="text-align: justify; ">चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटा सहितका पदाधिकारीहरुले &nbsp;वीर अस्पतालको ट्रमा सेन्टर पुगेर गौतमलाई रकम हस्तान्तरण गरेका हुन् । गौतम संघको सदस्य समेत हुन् । गौतमलाई कलाकार तथा गीतकार सरोज ओलीले ५० हजार, कलाकार लक्ष्मी गिरीले १६ हजार, कलाकार तथा निर्माता कुशल थापाले १० हजार, निर्माता सुशिल पोखरेलले १० हजार, निर्देशक शोभित बस्नेतले १० हजार, निर्देशक सौरभ ढकालले १० हजार, प्रसिद्धी सिने आर्टस्का तर्फबाट निर्माता देविप्रसाद पाण्डे र निर्देशक मधुसुदन भट्टराइले १० हजार, पत्रकारद्धय मनोज श्रेष्ठ र कुमार आचार्यले १०, १० हजार, हाँस्य कलाकार उत्तम केसीले ५ हजार, संगीतकार टंक बुढाथोकीले ५ हजार सहयोग संघको पहलमा सहयोग गरेको अध्यक्ष सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।</p><p style="text-align: justify; ">टाउकोमा परेको गम्भिर चोटको शल्यक्रियापछि करिव चार दिन आइ.सि.यू.मा राखेपछि गत चैत १ गतेदेखि उनलाई जेनरल वार्डमा सारिएको छ । उनलाई केहि दिनमै डिस्चार्ज गरिनेछ ।</p>