जेठदेखि देशैभर ‘मेला’ लाग्ने

चैत, काठमाडौं ।

हरि पन्तको निमार्ण तथा बसन्त निरौलका निर्देशनमा बनेको नेपाली कथानक चलचित्र 'मेला' यही आउँदो जेठको पहिलो सातादेखि देशैभर प्रर्दशन हुदैंछ । माया , प्रेम , कमेडी, रोमान्सले भरिपूर्ण यो चलचित्रलाई पन्त नेपालीले निर्माण गरेका हुन् ।

निर्माता पन्तले दिएको जानकारी अनुसार ९० प्रतिशत छायाङ्कन सकिएको छ । सो चलचित्रको एउटा गीत छायांकन गर्न फिल्म युनिटले बिरगजंमा १० लाखको लगानीमा  टाउन हल  र स्विमिंङ पुललाई भब्य सजाएर सेट तयार पारेको थियो । यसअघि राजेश हमाल र कोमल वलीद्धारा अभिनित ‘राजनिति’ चलचित्र निमार्ण गरेका पन्तले सो चलचित्रबाट सिकेका ज्ञानहरुलाई यो चलचित्र निमार्ण गर्न खर्च गरेको बताउँछन् ।

मनोज देशरियाको सहनिमार्ण रहेको यो चलचित्रमा सलोन बस्नेत, आमेस भण्डारी, निरज श्रेष्ठ, अशिष्मा नकर्मी र वसन्त भट्टको अभिनय रहेको छ भने चलचित्रमा नृत्य निर्देशक पवित्रा आचार्य, कथा पटकथा हरि पन्तको रहेको छ ।

माघको पहिलो साताबाट छायांकन सुरु भएको यो चलचित्र मकवानपुर, बारा, पर्सा, रौतहट, काठमाडौं लगायतका स्थानमा छायाङ्कन भएको हो ।