‘राष्ट्रिय टेलिभिजन सम्मान कार्यक्रम’ भब्यताका साथ सम्पन्न (फोटो फिचर सहित)

...

TAFON

असार, काठमाडौं ।  टेलिभिजन कलाकर्मी मञ्च नेपाल (ट्याफोन) को राष्ट्रिय टेलिभिजन सम्मान कार्यक्रम २०७२ सम्पन्न भएको छ । गतबर्ष जस्तै यसबर्ष पनि टेलिभिजन क्षेत्रमा बिशेष योगदान पुर्याएका कलाकर्मिहरुलाई सम्मान तथा पुरस्कार बितरण कार्यक्रम आज राजधानीको प्रज्ञा भवन कमलादीमा बिशेष कार्यक्रमका बिच सम्पन्न गरेको हो ।

TAFON 2072

साँझ करिब ५ बजेर ३० मिनेट जाँदा सुरु भएको उक्त कार्यक्रम झन्डै तिन घण्टा सम्म चलेको थियो । कार्यक्रम अवधिभर निकै भब्यताका साथमा बिभिन्न साँस्कृतिक कार्यक्रम र हाँस्य व्यंग्य प्रस्तुतीका साथमा सम्मान तथा पुरस्कार बितरण गरीएको थियो । कार्यक्रममा बिशेष अतिथि सम्माननिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको साथमा कार्यक्रम कि सभापति तथा ट्याफोनकि अध्यक्ष दिपा श्री निरौलाले पानसमा बत्ति बालेर कार्यक्रको उद्घाटन गर्नुभएको थियो ।

Nir shah get award by Tafon

TAFON PROGRAM
कार्यक्रमको सुरुवातमा पहिलो चरणका अतिथिको आसन ग्रहण तथा मन्तब्यका लागि ट्याफोनका उपाध्यक्ष श्री प्रसाद थापाले कार्यक्रमको उद्घोषण गर्नुभएको थियो । साथै दोस्रो चरणमा कलाकर्मिहरुलाई सम्मान तथा साँस्कृतिक कार्यक्रमका लागि हाँस्य कलाकार दिपकराज गिरी र जितु नेपालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उपस्थित दर्शकलाई निकै भरपुर मनोरञ्जन दिँदै, बेलाबखतमा हाँस्य व्यँग्य प्रहार गर्दै कार्यक्रम सञ्चालन गर्नुभएका दिपकराज गिरी र जितु नेपालले कार्यक्रम भरी निकै रमाईलो माहोल बनाएको देख्न सकिन्थ्यो ।

TAFON NEPAL PROGRAM
कार्यक्रममा अभिनेता तथा निर्देशक एवं नेपाल टेलिभिजनका बर्तमान अध्यक्ष नीर शाहलाई टेलिभिजन कलाकर्मी मञ्चले लाइफ टाइम अचिभमेन्ट प्रदान गरेको छ । साथै शाहलाई नगद १ लाख १ हजार सहितको राशि सम्मान गरीएको थियो । टेलिभिजनमा लामो समय देखि योगदान पुर्याएको भन्दै शाहलाई कार्यक्रमका प्रमुख अतिथि सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले सम्मान पत्र बितरण गर्नुभएको थियो । साथै शाहले टेलिभिजनकै दुनियामा सबैभन्दा राम्रो काम टेलिभिजन कलाकर्मि मञ्जले गरेको भन्दै बधाई दिनुभएको थियो ।

TAFON

साथै बिशेष सम्मान बरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्मा, ईमेज च्यानलका अध्यक्ष आर के मानन्धर तथा कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी निर्माता तथा सञ्चारकर्मी भुषण दहाललाई सम्मान गरीएको थियो । साथै चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईलाई पनि सम्मान गरीएको थियो । साथै अन्य प्रशारणमा रहेका सबै टेलिभिजन च्यानलका उत्कृष्ठ कार्यक्रम प्रस्तोता , निमार्ता , निर्देशक , सम्वाददाता एवं प्राविधिकहरु मध्येबाट एक एक जनालाई प्रोत्साहन पुरस्कार पनि प्रदान गरीएको थियो ।

indhira joshi - item dance hotकार्यक्रममा नेपालकै थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रम अवधिभर नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

Deepa shree niraula in tafon program

shankar bc in tafon program

tafon program

tafon family