<pre><b> चैत , काठमाडौं । </b></pre><p> अनिल योञ्जन तथा छुल्ठिम गुरुङ को संयुक्त निर्माणमा बनेको चलचित्र 'डायरी’ को लिरिकल गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया माया’ बोलको गीतमा अल्मोडा राणा उप्रेतीको स्वर रहेको छ। मानस राजको शब्द तथा संगीत रहेको यस गितमा एरेञ्जिङ पनि अल्मोडाकै रहेको छ। अनिल योञ्जनको निर्देशन रहेको यस चलचित्रमा रेखा थापा,छुल्ठिम र सन्नी सिंह को मुख्य भुमिका रहेको छ। चलचित्रमा रेखा पहिलो पटक खलनायकको रुपमा प्रस्तुत भएकी छिन्। चलचित्र जेठ ५ गते बाट प्रर्दशनमा आउदैछ्।</p><p><iframe frameborder="0" src="//www.youtube.com/embed/hUImvzq-hk0" width="640" height="360" class="note-video-clip"></iframe> </p>