चैत, काठमाडौं ।

युवापुस्ता माझका पछिल्लो समयका लोकप्रिय गायक हुन् कमल खत्री । 'आत्मामा तिम्रो आत्मामा', 'त्यो पारी झ्यालैमा बसेर सानी नानी आँखा नजुधाउ त्यसरी', 'यो मायाको अर्थ बुझ्न चाहान्छु' जस्ता हिट गीतहरु गाएर चर्चामा आएका कमल यतिखेर निकै ब्यस्त गायकहरुको लिस्टमा पनि पर्दछन् ।

आधुनिक र पाश्व गायनमा ब्यस्त रहेका कमलको स्टेज प्रस्तुती पनि अन्य गायकहरुको भन्दा फरक नै हुन्छ, त्यसैले पनि होला कार्यक्रम आयोजकहरुको रोजाईमा उनी सजिलै पर्ने गर्छन् । उनले कुनैपनि स्टेजमा गीत गाउँदा उपस्थित युवाहरु निकै नै मनोरञ्जन लिन्छन् । उनका हिट गीतहरु जब उनी स्टेज चढेर आफ्नो मुखबाट बिना ट्रयाक्नै केहि बेर गाउँन थाल्छन् युवाहरु सँगसँगै गाउँछन् र नाँच्छन् । कमलले स्टेजमा माहोल तताउनका लागी आफ्नो फरक कला पनि प्रस्तुत गर्छन् ।

उनको फरक कला भनेको स्टेजमा उफ्रिनेकला लाई पनि लिन सकिन्छ । जब उनी स्टेजमा उफ्रि उफ्रि गाउँन थाल्छन् युवा दर्शकहरु पनि उनी जसरी नै उफ्रिन थाल्छन् र माहोल तात्छ । कमलले सबैजसो स्टेज कार्यक्रममा यसरी नै प्रस्तुती दिने गर्छन् । जसले गर्दा माहोललाई तताउन सजिलो होस् । उनले गाउँने 'आत्मामा' र 'झ्यालैमा बसेर सानी नानी' बोलको गीत एकपटक मात्र गाएर सुख पाउँदैनन् । उनलाई स्टेजमा यी गीत दुईपटक भन्दा बढी गाउँनै पर्छ किनकी दर्शकको बान्समोरले उनलाई यतिसम्म गर्छ कि एकगीत एकपटक गाएर मात्र सुखै पाउँदैनन् ।

यसैबिच हामीले यहाँ कमल खत्रीका केहि स्टेज प्रस्तुतीहरु तपाईलाई देखाउँदै जहाँ पनि युवा दर्शकहरु खुबै रमाईरहेको पाउँछौं ।

नुवाकोट महोत्सव २०७३ मा आफ्नो प्रस्तुती दिँदै गायक कमल खत्री

देवचुली महोत्सव २०७३, नवलपरासी मा आफ्नो प्रस्तुती दिँदै गायक कमल खत्री