चैत, काठमाडौं ।

भारतीय चर्चित कमेडियन कपिल शर्मा यतिखेर बिवादमा परेका छन् । उनको टेलिभिजन शो द कपिल शर्मा शोको बिषयलाई लिएर ब्यापक चर्चामा छन् । कपिल र उनका सहकर्मी सुनील ग्रोबर बीचको झगडा अहिले एकपछि अर्को बन्दै दिनहुँ बढीरहेका छ । अष्ट्रेलियाबाट फर्किने क्रममा विमानमै उनीहरुबीच झगडा भएको थियो ।

घटना के थियो ?

भारतिय मिडिया हिन्दुस्तान टाइम्सले यस बिषयको घटना विवरण बाहिर ल्याएको छ । गएको शुक्रबार अष्ट्रेलियामा शो सकेरकपिल आफ्नो टिम सहित भारत फर्किँदै थिए । एयर इन्डियाको विमानभित्र कपिल मदिरा खाएर निकै नै मातेका थिए । क्याबिन क्रुले खाना सर्भ गरेपछि उनको टिमका सबैजना खाना खान थाले । तर, कपिल अझै मदिरा पिइरहेका थिए ।

आफूलाई बेवास्ता गर्दै सबैले खान सुरु गरेको कपिललाई मन परेन । उनले आगो हुँदै भने, ‘मैले खान सुरु नगरीकन तिमीहरुले किन खाना खायौ ?’ कपिल निकैनै जोडले चिच्याए । विमानभित्र रहेका सबै यात्रुहरु सबै उनीतिर हेरीरहे र उनलाई चिन्ने व्यक्तिहरु स्तब्ध बने ।

कपिलले त्यसरी चिच्याएपछि उनका टिम मेम्बरहरुले खाना खाइ नसकीकन ‘क्रु’ मेम्बरलाई प्लेट फिर्ता गर्न थाले । यही क्रममा सुनील कपिललाई शान्त पार्ने कोशिशमा लागे । तर, कपिल झनै उत्तेजित बने । यत्तिकैमा उनले आफ्नो जुत्ता खोलेर सुनीललाई हाने । उनले सुनीलको सर्टको कलर समातेर लगातार थप्पड समेत लगाए । त्यस क्रममा केही महिला क्रु मेम्बरहरुलाई पनि चोट लागेको थियो ।

कपिलले आफ्नो रौद्ररुप देखाइरहँदा सुनील भने शान्त रहे । उनले कुनै प्रतिकार गरेनन् । कपिल भने झन् झन् क्रोधित भएर सुनील र अन्य टिम मेम्बरलाई गालीगलौज गरिरहेका थिए । उनले यो पनि भने, ‘तिमीहरुको के औकात छ ? तिमीहरुलाई मैले बनाएको हुँ र चुट्कीको भरमा तिमीहरुको करिअर खत्तम गरिदिन सक्छु । तिमीहरु सबैलाई म निकालिदिन्छु ।’

कपिलले निकै क्रोधहुँदै सुनीललाई भने, ‘खुुब फुर्ति गरेर हिँडेको थिइस्, आखिर फर्केर म कहाँ नै आउनुपर्यो नि ’ यसपछि उनले लगातार पञ्जाबीमा गाली गर्न थाले । कपिलको हर्कत बढ्दै गएपछि क्रु मेम्बरहरुले हस्तक्षेप गर्नुपरेको थियो । उनीहरुको चेतावनीपछि कपिल केही मत्थर बने ।

स्मरण रहोस्

कपिलको ‘कमेडी नाइट्स विथ कपिल’ कार्यक्रम छोडेर केही समय सुनील अर्को कार्यक्रम चलाएका थिए । अलग भएर नयाँ शो ल्याएका सुनिलले सफलता नपाएपछि पुनः कपिलको कार्यक्रममा फर्केका थिए ।