के ऋिषी धमलाको बोली नै यस्तै हो त ? (भिडियो)

चैत, काठमाडौं । (गसिप)

पत्रकार ऋिषी धमलाले आँफु पत्रकार मात्र नभएर सेलिब्रेटी पनि भएको बताउँछन् । उनले आँफुलाई हेर्न र भेट्नकै लागी थुप्रै मानिसहरु चाहिरहेको बताउँदै पनि आएका छन् । त्यसैले आँफुलाई उनले सेलिब्रेटी पनि भन्दै आएका छन् ।

धमला बेलाबखतमा चर्चा तथा विवादमा आइरहन्छन् । कहिले उनले लिएका अन्तर्वाताका कारण त कहिले उनले गरेका क्रियाकलापबाट । एकसमय धमला क्यामेरा अगाडी जान हुरुक्कै गर्छन् भन्ने कुराले पनि खुबै मार्केट पिटेको थियो । यसका साथै अहिले पनि धमला उत्तिकै चर्चामा छन् । अहिले धमलाले धेरै मिडियाहरुमा काम गर्छन् तर उनलाई साधारण दर्शकले पनि चिन्ने कार्यक्रम भनेको हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको धमलाको हमला नै हो ।

तपाई किन यसरी चिच्याउने स्वभावमा बोल्नु हुन्छ भन्ने प्रश्नमा उनले, आँफु अरु भन्दा फरक हुनुचाहने बताउँछन् ।  उनले अन्य भन्दा  फरक भएमा मात्र आफ्नो पहिचान बन्ने बताउँदै आएका छन् ।

धमलाको हमला कार्यक्रममा उनले हरेक साता फरक फरक ब्यक्तिहरुलाई प्रश्नहरुद्धारा हमला गर्ने काम गर्छन् । कहिलेकाँही उनका प्रश्नहरु नै बिवादमा पनि पर्ने गरेका छन् । यसका साथै धमला धेरै जसो कार्यक्रममा अतिथिको रुपमा पनि पुग्ने गरेका हुन्छन् । जब उनले स्टेजमा माइक समातेर बोल्न थाल्छन् सबैको ध्यान आँफुतिर केन्द्रित गरेरै छाड्छन् । उनको स्वभाव नै छ सानो कुरा बोल्दा पनि चिच्याएर बोल्ने, त्यति स्वभावका कारण पनि सबैको ध्यान उनैतिर जान्छ ।

तपाई किन यसरी चिच्याउने स्वभावमा बोल्नु हुन्छ भन्ने प्रश्नमा उनले, आँफु अरु भन्दा फरक हुनुचाहाने बताउँछन् । उनले अन्य भन्दा फरक भएमा मात्र आफ्नो पहिचान बन्ने बताउँदै आएका छन् । केहि समय अघि राजधानीको भृकुटिमण्डपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको रनिंग शिल्ड लोकदोहोरी प्रतियोगीताको उद्घाटन समारोहमा पनि उनले केहि शब्द बोलेका थिए । उनको बोलीको फरक स्वभाव तलको भिडियोमा पनि हेर्न सक्नुहुनेछ ।