राष्ट्रिय नाचघरमा कविता आलेको एकल साँझ हुने

...

<pre style="text-align: justify; "><b>चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; ">'उठी खर काटी बसी खरकाटी‘, 'झ्याम्मै चौतारी मायाँ लाउँभने छैन दौंतरी‘, 'सक्रान्ति बजार‘, 'पिपलै छायाँ‘, 'यो मेरो देश‘ लगायतका कैयौं चर्चित गितहरु गाएकी &nbsp;गायिका &nbsp;कविता आले पहिलो एकल साँझ लिएर दर्शक माझ आउने भएकी छिन्। नेपाल मगर सांस्कृतिक संघ र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयुक्त आयोजनामा गायिक कविता आलेले १४ चैत सोमबार मध्यान्न १२ बजेबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा आफ्नो पहिलो एकल साँझ प्रस्तुत गर्नेछिन्।</p><p style="text-align: justify; "> एकल साँझमा उनले आफ्ना उत्कृष्ट १४ ओटा गीत &nbsp;प्रस्तुत गर्ने बताएकी छिन्। &nbsp;साँझमा उनलाई स्वरमा अग्रज गायक गणेश रसिकदेखि छत्र गुरुङ, तारा थापा लगायतले साथ दिने छन् । गायनका क्रममा प्रत्यक्ष बाद्यबादनमा सांस्कृतिक संस्थानका कलाकार र नेपाल मगर सांस्कृतिक संघका कलाकारले प्रस्तुत गर्ने छन् । </p><p style="text-align: justify; ">&nbsp;साँढे तीन दशक देखि गायनमा सक्रिय आलेले &nbsp;एक सय भन्दा बढी गीत गाएकी छिन् । साथै उनले &nbsp;तीन दर्जन भन्दा बढी चलचित्र र त्यो भन्दा बढी टेली चलचित्रमा अभिनय समेत गरिसकेकी छिन्।</p>