आकाशले नुवाकोटमा गरे ३ कोठे विद्यालय भवन सहयोग

चैत, नुवाकोट ।

निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले नुवाकोटको शिवपुरी गाउँपालिका, छापमा ३ कोठे विद्यालय भवन निर्माण गरेर हस्तान्तरण गरेका छन् । भुकम्प पछि बिभिन्न जिल्लामा पुगेर भुकम्प पिडितहरु बिद्यार्थीहरुका लागी बिद्यालय भवन निर्माण गरीरहेका छन् । यस अघि रको मगर गाउँ, नुवाकोटको थानसिङ्गमा पनि विद्यालय भवन निर्माण गरिसकेका छन् । ‘आशाको ज्योती नेपाल’ नामक संस्थाबाट विद्यालय भवन निर्माण गरेका हुन् ।

आकाशले शनिबार श्री बोर्लाङ्ग भूमे निम्न माध्यमिक विद्यालयमा आकाशले ३ कोठे भूकम्प रहित भवन निर्माण गरेर हस्तान्तरण गरेका हुन् । विद्यालयमा आयोजित कार्यक्रममा पुगेर आकाशले आँफुलाई सुविधा सम्पन्न ठाउँमा भन्दा पनि राज्यको आँखा नपुगेको स्थानमा सहयोग गर्न मन लागेको बताए । कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक, व्यवस्थापन समितीका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेताहरुले आकाश र उनको ‘आशाको ज्योती नेपाल’ नामक संस्थालाई भवन निर्माण गरिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।