नेशनल एक्टिङ कम्पिटिसनः ८ हजारबाट छानिएका २५ प्रतियोगी प्रतिस्पर्धामा

चैत, काठमाडौं ।

सात महिना अघि देखी शुरु भएको ‘नेशनल एक्टिङ कम्पिटिसन’ अझै डेढ महिनासम्म चल्नेछ । गएको भदौ महिनाबाट शुरु भएको यो प्रतियोगीता आउँदो बैशाख ३१ गते फाईनेल हुँदैछ । गएको भदौबाटै काम शुरु भइरहेपनि आम दर्शकहरुले भने गएको फागुन ५ गतेबाट मात्र टेलिभिजनमा हेर्दै आएका छन् । इमेज च्यानलबाट हरेक बेलुका ८ः२० मा प्रसारण हुँदै आएको यस ‘नेशनल एक्टिङ कम्पिटिसन’ आउँदो साता २५ प्रतियोगीताबाट १० जना बाहिरीएर टप १५ प्रतियोगीहरु बिच प्रतिस्पर्धा हुँदैछ ।

नेक्स्ट मोडल्सले आयोजना गरेका यस नेशनल एक्टिङ कम्पिटिसन’ मा अभिनेता दयाहाङ राई, अनुप बराल र अभिनेत्री ऋचा शर्माले अभिनयमा होनहार प्रतिभाको खोजी गरिरहेका छन् । नेपाली कलाक्षेत्रका हिट यी तीन कलाकारले देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’ मार्फत अभिनयमा प्रतिभा खोजिरहेका हुन् । अर्थात ‘नेशनल एक्टिङ कम्पिटिसन’मा जर्जको भुमिका यी कलाकारले निर्बाह गरिरहेका छन् ।

कलाक्षेत्रमा प्रतिभावान कलाकार जन्माउने उदेश्यले ‘नेशनल एक्टिङ कम्पिटिसन’ सुरु गरिएको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । आठ हजार प्रतियोगी मध्यबाट बिभिन्न चरण पार गर्दै छानिएका उत्कृष्ट ४५ प्रतियोगी बीच अहिले शिर्ष उपाधिका लागि प्रतिस्पर्धा चलिरहेको छ । अन्तिम प्रतियोगीताको बिजेताले दुई लाख पचास हजार बराबरको पुरस्कारका साथेै बिभिन्न अवसरहरु प्राप्त गर्न सक्नेछन् । प्रतियोगीतामा टप १५, टप ८ हुँदै विजयी छानिने छ । अडिसनबाट छानिएका प्रतिस्पर्धिहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रशिक्षण दिनेछन् ।