नक्कली प्रचण्ड घनश्याम भन्छन्, कतिले साच्चैनै भन्ठानेर दुख पोख्छन्

गोपिकृष्ण चापागाई । चैत, काठमाडौं ।

नक्कली प्रचण्ड भनेर चिनिएका कलाकार हुन् घनश्याम गौतम । पछिल्लो समय विभिन्न टेलिभिजनहरुमा प्रसारण हुने टेलिसिरियलहरुमा उनले प्रधानमन्त्री प्रचण्डको भूमिका निभाउँदै  आएका छन् । वि.सं.२०३८ सालमा झापा जिल्लामा जन्मिएका घनश्याम सानै उमेर देखी कलाकारीता क्षेत्रमै लागेको बताउँछन् । उनले सानैदेखी अभिनयमा रुचि भएता पनि प्रचण्डको क्यारीकेचर चाँही वि.सं.२०६४ बाट शुरु गरेको बताउँछन् । त्यसअघि आफुलाई खासै धेरैले नचिनेको बताउने उनले अहिले आफुलाई कतिपय साधारण दर्शकहरुले साँच्चै नै प्रधानमन्त्री प्रचण्ड भन्ठानेर आफ्ना दुखहरु पोख्ने गरेको पनि बताउँछन् । यसैबिच हाँस्य कलाकार घनश्याम गौतमले आजसम्मको आफ्नो कलाकारीता क्षेत्रको यात्रालाई यसरी सम्झिएका छन् ।

रेडियो नाटकबाट शुरुवात

मैले कलाकारिता शुरु गर्दा धेरै सानो थिएँ । वि.सं. २०५१ सालको कुरा हो रेडियो नेपालबाट प्रसारण हुने रेडियो नाटकमा बाल कलाकार भएर अभिनय गर्दथें । त्यतिखेर म १२ बर्षको थिएँ । त्यहि उमेरसँगै र पहिलो रेडियो नाटक सँगै मलाई कलाकारीताको भूत लागेको हो । सानैदेखी अभिनय क्षेत्रमा रुचि भएकाले पनि आजसम्म यो क्षेत्रबाट टाढा जान सकेको छैन ।

बाल सडकनाटकले धेरै सिकायो

नेपालमा बालकलाकारहरुले सडक नाटकको शुरुवात गरेकै मेरै पालामा रहेछ । त्यो भन्दा अघि बाल सडक नाटक गरीएको थिएन । त्यो बेला देखी बल्ल बालसडक नाटकको शुरुवात भएको थियो । मैले पनि धेरै संस्थासँग मिलेर सडक नाटक गरेँ । त्यसपछि पनि अझ मलाई अभिनय क्षेत्रमा ठुलो सहयोग मिल्यो । किनकी त्यो भन्दा पहिलो रेडियोमा मात्र नाटक गर्दथेँ ।  रेडियोमा त बोलीलाई ध्यान मात्र दिए पुग्थ्यो तर सडकनाटकमा बोलीसँगै अभिनय कलालाई पनि ध्यान दिनुपर्ने भएकोले पनि अभिनय धेरै सिक्ने मौका मिल्यो ।

थिएटर बाटआएको कलाकार हुँ

मलाई पहिला लागेकै थिएन कि म यसरी हाँस्यब्यंग्य क्षेत्रमै आउँछु । म थिएटर कलाकार हुँ । मैले ‘सर्वनाम’मा अभिनय सिकेको हुँ । करिब त्यहाँ ७ बर्षसम्म अभिनय सिक्दै धेरै ठाउँमा नाटक देखाउँदै पनि हिँडे । अहिलेसम्म ६५ वटा जिल्लामा नाटक देखाउन पुगिसकेको छु ।  त्यसपछि पनि बिरेन्द्र हमाल सरसँग एम.आर.थिएटरमा अभिनयको कोर्स गरेँ, ६ महिने निर्देशकिय कोर्स पनि सिकेँ । अहिलेको कुरा गर्दा मैले केहि बिद्यालयहरुमा अभिनय सिकाउँदै पनि आएको छु । राजधानीका ५ स्कुल तथा कलेजहरुमा अहिले अभिनय सिकाउँदै आएको छु ।

प्रचण्ड नआएपछि प्रचण्ड बनेँ

वि.सं.२०६४ सालको कुरा हो । दार्चुलामा एक भब्य कार्यक्रमको आयोजना गरीएको थियो । त्यसकार्यक्रममा प्रमुख अतिथिमा पुष्म कमल दाहार (प्रचण्ड) ज्यूलाई बोलाएको थियो । म पनि एउटा सानो कमेडी गर्ने भनेर गएको थिए । तर कार्यक्रम शुरु भइसक्यो प्रचण्ड आउनुभएन र मलाई धेरैले तैँले प्रचण्डको क्यारीकेचर राम्रो गर्छस् । यहाँ पनि गर्दे राम्रो हुन्छ भनेपछि पहिलो पटक त्यहि ठाउँमा प्रचण्डको गेटअप सहितको क्यारीकेचर गरेँको छु । त्यसपछि धेरैले हौसला दिनुभयो र अन्यठाउँमा पनि गर्न थालेँ । पछि वि.सं.. २०६७ सालमा एक होली बिशेष कार्यक्रममा प्रचण्डको क्यारीकेचर गरेँ । कार्यक्रममा हाँस्य कलाकार दमन रुपाखेती दाई पनि सँगै हुनुहुन्थ्यो । उहाँले मेरो क्यारीकेचर हेर्नुभएछ र उहाँको हाँस्य टेलिसिरियल  ‘झ्याँईकुटी झ्याँई’मा अफर गर्नुभयो । त्यसरी टेलिभिजनमा पनि अभिनय गर्ने अवसर मिलेको हो । त्यसपछि अन्य टेलिसिरियलमा पनि अभिनय गर्ने मौका मिल्यो । त्यसपछि मैले धेरै नेता ज्यूहरुको क्यारीकेचर गरेको छुँ । माधव नेपाल, नरेन्द्र मोदी, गिरिजा प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई लगायतका नेताहरुको क्यारीकेचर गरेको छु तर प्रचण्डकै क्यारीकेचर धेरैनै  रुचाइएको कारणले यसैलाई निरन्तरता दिएको छु ।

कतिले त साच्चैनै प्रचण्ड भन्ठानेर दुख पोख्छन्

बनेपामा अन्तर्राष्ट्रिय सहकारी दिवको दिन एक कार्यक्रम आयोजना गरीएको थियो । त्यहाँ पनि प्रचण्डलाई नै प्रमुख अतिथिमा बोलाइएको थियो तर त्यहाँ पनि उहाँ आउनुसक्नुभएन । म पनि त्यो समयमा एउटा रेडियोमा अन्तर्वाता दिन बनेपामा पुगेको थिएँ । अनि त्यहाँ प्रचण्ड आउन सक्नुभएन रे, तपाई बन्ने हो त भनेर मलाई रेडियोकै साथीले भन्नुभयो । अब सबैमान्छे प्रचण्ड आउनेरे भनेर आइसकेका छन् बरु राम्रै पैसा दिन्छन् रे तपाई बनिदिनुपर्यो भन्नुभयो र आयोजक उद्योग बाणिज्य संघकै मान्छे आएर हुन्छ बनिदिनु पर्यो भनेपछि मैले हुन्छ भनेर प्रचण्ड बनेँ । त्यसपछि साँच्चै नै प्रचण्ड ज्यूलाई जस्तै गरेर अगाडि पछाडि पुलिसको गाडि छेऊमा बडिगार्ड राखेर लैजानुभयो । त्यो बेलामा मलाई साच्चै नै आफु पनि ठुलै नेता भएको जस्तै अनुभव भएको थियो ।

पछि म सिन्धुपाल्चोकको कार्यक्रममा गएको थिएँ । त्यहाँका धेरै गरिब जनताहरु जसले अहिलेसम्म प्रचण्डलाई देख्नुभएको छैन । नाममात्र सुन्नुभएको छ उहाँले कार्यक्रममा प्रचण्ड बनेको देख्दा मलाई साँच्चै नै प्रचण्ड भनेर आफ्ना दुखहरु पोख्नुभएको थियो । भुकम्पले घर यस्तो भयो घर बनाइदिनु पर्यो, खानलाउन समस्या छ लगायतका दुखः हरु पोख्नुभएको पनि छ  ।