श्याम सिघंकको ‘रेमिटल्याण्ड’ विमोचन

...

<pre><b>चैत, काठमाडौं ।</b></pre><p>वैदेशिक रोजगारी र त्यसले उत्पन्न गरेको कथा–व्यथाहरुलाई समेटिएको लेखक श्याम सिंघकद्वारा लिखित उपन्यास ‘रेमिटल्याण्ड’ सार्वजनिक भएको छ ।हिजो काठमाडौंको मण्डला थिएटरमा आयोजित कार्यक्रममा साहित्यकार राजन मुकारुङ, पत्रकार देवेन्द्र भट्टराई र लेखकले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका थिए।&nbsp;</p><p>कार्यक्रममा बोल्दै &nbsp;पत्रकार भट्टराईले सामाजिक विसंगती &nbsp;र खस्कँदै गरेको समाज र यस भित्रको मुल्य मान्यतालाई गहन तरिकाले उपन्यासमा उजागर पारिएको जनाएका छन्। उपन्यासमा &nbsp;पुर्वी क्षेत्रका भौगोलिक समाजिक चित्र जीवन्त रहेको उनले बताएका छन् ।त्यस्तै राजन मुकारुङले पुस्तक आर्थिक परिवर्तनसँग आवश्यकताहरुको स्वरुप परिवर्तन हुन्छ भन्ने विषयको गहन चित्रणको रुपमा रहेको बताएका छन्।उनले ‘आग्रही/पुर्वाग्रही ढङ्गबाट पढ्ने संस्कृतिले हाम्रो पठन संस्कृतिलाई क्षति गरिरहेको बताएका छन्। उनले ‘नयाँ लेखकलाई स्थापित हुन चुनौती छ भन्दै गम्भीर विषयलाई विमर्शमा लानुपर्ने कुरामा समेत जोड दिएका छन्।<br></p><p>फिनिक्स बुक्सको प्रकाशनमा रहेको २४८ पेजको यस उपन्यासको मूल्य ३५० रहेको छ ।&nbsp;</p>