आज चैत १५, गायिका मन्जु महतलाई सम्झिँदा

...

<pre style="text-align: justify; ">चैत, काठमाडौं ।</pre><div style="text-align: justify;"><br></div><p style="text-align: justify; ">नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी चर्चित गायिका थिइन् मन्जु महत । आजभन्दा तिनबर्ष अघि सवारी दुर्घटनामा निधन भएसँगै लोक गीतको क्षेत्रले &nbsp;एक प्रतिभावान गायिकालाई गुमाएको थियो । तिनबर्ष अघि चैत १५ गते सवारी दुर्घटनापछि उपचारको क्रममा मृत्यु भएसँगै उनलाई अझै पनि स्रष्टा तथा उनका दर्शक तथा स्रोताले भुल्न सकेको छैनन् । थुप्रै चर्चित गीतहरु गाएकी मन्जुको निधन हुनु भन्दा केहि समय अघिमात्र गायक पशुपतिशर्मा सँगको '१६ दुना ८ 'बोलको लोकगीत बजारमा आएको थियो । मन्जुका 'नभन है कसैलाई भन्न हुँदैन' त्यसैगरी धेरै तिजको गीतहरु अत्यधिक रुचाइएका गीतहरु हुन् । मन्जुले म्युजीक भिडियोमा अभिनय गरेर पनि नाम कमाएकी थिइन् ।<br>यसैबिच आज 'मन्जु स्मृति दिवस' भन्दै स्रष्टाहरुले उनलाई सम्झिएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिती अध्यक्ष पि.एन. सापकोटा भन्छन्, ''मन्जु जीको असोचनिय मृत्युुको कारण संस्थामा पुगेको अतुलनीय क्षति र संस्था प्रतिको लगाव, गित संगितको कर्मलाई आत्मसात गर्दै उहाँले सोचे जस्तै संस्थालाई मजबुत, राम्रो बनाउने प्रण सहित उहाँलाई सम्झिरहेका छौ । उहाँको मृत आत्माले बैकुण्ठ बास पाओस् हार्दिक श्रद्धाञ्जली।'' साथै पि.एन.ले मन्जुलाई स्रष्टाहरुले कहिल्यै बिर्सन नसक्ने बताएका छन् । मन्जु राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको पुर्व प्रथम उपाध्यक्ष समेत रहेकी थिइन् ।</p>