चैत, चितवन ।

मिसेस चितवनको उपाधि सुष्मा थापाले जितेकी छिन् । चितवनमा पहिलो पटक आयोजना भएको मिसेस चितवनमा १८ जनालाई पछि पार्दै नारायणगढकी सुष्माले उपाधि हात पारेकी हुन् । प्रथम मिस नेपाल रुवी राणाले उनलाई ताज लगाई दिइन् । उनले मिसेज चितवनको ताजसँगै नगद ५० हजार रुपैयाासहित आकर्षक गिफ्ट हृयाम्परसमेत पाइन् ।

यस्तै फस्ट रनर अप रेनु तामाङ् भइन् भने सेकेण्ड रनर अप आना ढकाल बनिन् । उनीहरुले क्रमश ३० हजार, २० हजार रुपैयाा हात पारे । रेनु तामाङ्ले मिस ट्यालेन्ट अवार्ड जितिन् । आना ढकालले मिसेस कन्जियालिटी अवार्ड समेत जितिन् । मिसेस क्याटवाक अवार्ड रोजिना प्रधान, मिसेस डिसपिलिन् अवार्ड संगीता अर्याल, वेष्ट फिगर अवार्ड सविना चौधरी, वेष्ट स्किन अवार्ड जमुना शर्मा, फ्रेन्डली अवार्ड सपना श्रेष्ठ, वेष्ट स्माइल अवार्ड शान्ति शाही तिवारी, पन्च्युयालिटि अवार्ड धनु थापा मगर, मिसेस व्युटिफुल नितु भण्डारी, मिसेस इनोसेन्ट अवार्ड रिता थनेत, वेष्ट चार्मिङ अवार्ड ज्योतिका थापा, वेष्ट हेयर अवार्ड सीता श्रेष्ठले जितिन् ।

सोमबार राती १० बजे सकिएको प्रतियोगीतमा दाताज ईभेन्ट्सको तर्फबाट दुर्गा घिमिरे र मिना झा कार्यक्रम संयोजक रहेका थिए । निर्णायकको भूमिकामा आयोजक तर्फबाट विशाल गुरुङ्, पहिलो मिस नेपाल रुवी राणा, फोटोग्राफर राजभाई सुवाल, कोरियाग्राफर पियुष कर्ण, युवा व्यवसायी रुविन रामुदामु थिए । प्रतिस्पर्धामा सहभागि अधिकांसले आफ्नो परिचय गराउने क्रममा ‘आमा’ को महत्वबारे बोलेका थिए ।

प्रतियोगीताको ताज जितेकी २९ बर्षकी सुष्मा एक छोराकी आमा समेत हुन् । उनले मिसेस पर्सानालिटी र भ्यूयर्स च्वाइस अवार्डसमेत हात पारिन् ।