के पशुपति शर्माले अब फेरी दोहोरी साँझमा गीत गाउँन थालेका हुन् त ?

गोपिकृण्ण चापागाई/ चैत, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीतका अहिलेका चर्चित कलाकारहरु लामो समय दोहोरी साँझमै गीत गाएर आएका छन् । लोक गायकहरुले संघर्षको बेलामा दोहोरी साँझमा गीत गाएर आँफुलाई खारेर मात्र गीत बजारमा ल्याउने गर्दछन् । अहिलेका चर्चित लोक तथा दोहोरी गायकहरु आँफुहरुको लोक गीतको बिद्यालय दोहोरी साँझ भएको स्विकार्छन् ।

यसैबिच अहिलेका चर्चित लोक तथा दोहोरी गीतका गायक पशुपति शर्मा पनि दोहोरी साँझमा लामो समय गीत गाएर गायक बनेका हुन् । जन्म जिल्ला स्याङ्जा बाट राजधानी आइसकेपछि ठमेलमा रहेको नगरकोट दोहोरी साँझमा लामो समय दोहोरी गाएका पशुपति अहिले दोहोरी साँझमा गाउँदैनन् । उनको पछिल्लो समयको ब्यस्तताले पनि उनले दोहोरी साँझमा गीत गाउँन सक्दैनन् ।

दिनहुँजसो देश तथा बिदेशका कार्यक्रमहरुमा ब्यस्त रहने पशुपति शर्मा बुधबार साँझ उनको पुरानै दोहोरी साँझ नगरकोट दोहोरी साँझमा भेटिए । थुप्रै दर्शकका माझ आफ्ना चर्चित गीतहरु मज्जैले गाएका थिए । उनले अन्य सबैकुरा छाडेर सधैंका लागी दोहोरी साँझमा गीत गाउनका लागी भने त्यहाँ गएका होइनन् । नगरकोट दोहोरी साँझको १९ औं बार्षिकोत्सवका अवसरमा उनलाई सम्मान गर्ने कार्यक्रम भएकोले उनलाई निमन्त्रणा गरीएको थियो । सोही कारण सम्मानीत हुनका लागी पशुपति उक्त दोहोरी साँझमा पुगेका थिए । सम्मान भएपश्चात उपस्थित दर्शक तथा अतिथिहरुका लागी आफ्ना केहि चर्चित गीतहरु गाएका थिए । साथै सम्मानित अर्की गायिका शान्ति श्री परियारसँग केहिबेर प्रत्यक्ष दोहोरी पनि खेलेका थिए ।