निखिल-सौगातले एकसाथ कामगरेको ‘संरक्षण’ साउन १३ मा आउने

चैत, काठमाडौं ।

चलचित्र ‘संरक्षण’ साउन १३ गतेबाट देशभर एकसाथ प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र क्षेत्रका चर्चित नायकद्धय निखिल उप्रेती र सौगात मल्लले एकसाथ काम गरेको यो चलचित्रलाई दर्शकले खास रुपमा हेरेका छन् । खास यस अर्थमा कि यी दुई नायकलाई पर्दामा देख्न पाउँदा चलचित्र कस्तो बनेको होला । चलचित्रमा निखिल उप्रेती, सौगात मल्लको साथमा मलिना जोशी, अशिष्मा नकर्मी, कामेश्वर चौरासिया, प्रमोद अग्रहरी, निर शाह, रमेश रंजन झाको मुख्य भूमिका छ ।

राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ यो चलचित्रमा उतारिएको छ । चलचित्रलाई पुणेन्द्रु झाले निर्देेशन गरेका हुन् । चलचित्रलाई प्रदिप कुमार उदय र नरेन्द्र महर्जनले मिलेर बनाएका हुन् । चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ । साउन १३ गते चलचित्र ‘प्रेमगीत २’ ले पनि प्रदर्शन मिति तोकेको छ ।