‘मिस इको इन्टरनेशनल २०१७’मा नेपालको तर्फबाट रोनालीको प्रतिनिधित्व

चैत , काठमाडौं।

अप्रिल १ देखि १५सम्म इजिप्टमा आयोजना हुने ‘मिस इको इन्टरनेशनल २०१७’मा नेपालको तर्फबाट रोनाली अमात्यले प्रतिनिधित्व गर्ने भएकी छन् ।प्रतियोगितामा ८० देशका इको सुन्दरीहरुको प्रतिस्पर्धा रहनेछ्।

नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको छनौट चरणको अडिसनबाट उनी  ‘मिस इको इन्टरनेशनल २०१७’का लागि चुनिएकी हुन्।उनलाई पुर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्ठी श्रेष्ठ, मिस नेपाल अर्थ सुबेक्षा खड्का, अभिनेता मनोज आर सि लगायत निर्णायक समुहले अडिसनबाट छानेका हुन्। उनी मिस इको नेपाल २०१७ की विजेता पनि हुन्।

यसअघिका  प्रतियोगीतामा २०१५मा प्रिन्शा श्रेष्ठ र २०१६ मा नग्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गरेका थिए । उनलाई आवश्यक बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा पठाउन लागेको ग्रिन आर्ट मिडियाकी निर्देशक अनिला श्रेष्ठले जानकारी दिएकी छिन् । रोनालीको ट्राभलिङ पार्टनर प्यारागन ट्राभल्स एण्ड टुर रहेको छ ।साथै उनी नौ डिजाइनरले तयार पारेका करिब दुई दर्जन आकर्षक पहिरन सहित प्रतियोगीतामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइओ प्रविन लाकौलले बताएका छन्।