बिपाशा श्रीमानसँग कण्डमको विज्ञापनमा देखिँदै

...

<pre><b>चैत, काठमाडौं । </b></pre><p>बलिउड अभिनेत्री बिपाशा बसुले कण्डमको बिज्ञापन गर्दैछिन् । भारतीय मिडियाका अनुसार उनले छिट्टै नै श्रीमान करण सिंह ग्रोवरसँगै कण्डमको बिज्ञापनमा देखिन लागेकी हुन् । दुबैलाई एक कम्पनीले ब्रान्ड एम्बेसेडर बनाएको छ । जसका कारण यी दुबै कण्डमको विज्ञापनमा देखिने भएका हुन् ।</p><p>यसभन्दा अघि पनि बलिउडमा केहि सेलिब्रेटीहरु कण्डमको बिज्ञापनमा देखिइसकेका छन् । यसअघि रणबीर सिंह, सन्नी लियोनी, पूजा बेदी र बिना मल्लिकजस्ता कलाकार पनि कण्डमको बिज्ञापनमा देखिइसकेका छन् । &nbsp;-&nbsp;एजेन्सी&nbsp;</p>