‘गाजलु’को टिमले ‘ब्रेकअप’ बनाउने, के फेरी अनमोल आउलान् ?

चैत, काठमाडौं ।

स्टार अनमोल केसी अभिनित सन् २०१६ को 'गाजलु'ले युवा दर्शकको मन जित्यो । अनमोल र सृष्टिको जोडीलाई युवादर्शकले खुबै मन पराए । निर्देशक हेमराज बिसी यो चलचित्रबाट अझ निर्देशकिय पाटोमा बलियो बने । अब पुनः 'गाजलु' टिमले अर्को चलचित्र बनाउने घोषणा गरेको छ । अब यहि टिमले चलचित्र  ‘ब्रेकअप’ बनाउने भएको हो ।

'गाजलु'का निर्माता रोहित अधिकारीले दोश्रो चलचित्र  ‘ब्रेकअप’ बनाउने भएका हुन् । चलचित्र भदौबाट छायांकनमा जाने बताइएको छ । साथै छायांकन नहुँदै चलचित्रको रिलिज मिति पनि घोषणा गरीएको छ । अब  ‘ब्रेकअप’  आउँदो फागुन २ गते रिलिज हुने बताइएको छ ।

निर्माता अधिकारीले यो चलचित्रलाई पनि लभ स्टोरी कथामा बनाउन लागेको बताए । यो चलचित्रलाई पनि ‘गाजलु’का निर्देशक हेमराज बीसीले नै निर्देशन गर्दैछन् ।  चलचित्रमा कुन-कुन कलाकार हुनेछन् भन्ने बारेमा पनि पक्का नभएको चलचित्र युनिटले बताएको छ । यस अघिको चलचित्र 'गाजलु'का मुख्य कलाकार अनमोल केसी र सृष्टि हुन्छन् या हुँदैनन् त्यो बिषयमा भने चलचित्र युनिटले केहि बोलको छैन ।