बर्थ डे स्पेशल :एक्टिंगमा चलेका अजय के मा कमजोर?

चैत, काठमाडौं ।

बलीउड का सिंघम अर्थात अजय देवगन आज आफ्नो ४८औं जन्मदिन मनाउँदैछन्। कमेडी र एक्शन नायकको रुपमा रहेका उनले आजसम्म ९० भन्दा बढी फिल्मका खेलिसकेका छन्।अजयले आफ्नो फिल्मी करियर  फिल्म 'फूल और कांटे' बाट सुरु गरेका थिए जसबाट उनलाई फिल्मफेयरको  बेस्ट डेब्यू अवार्ड मिलेको थियो। यस फिल्ममा अजय दुईवटा बाइकबाट एकसाथ इन्ट्री गर्नुले उनलाई निकै हिट बनायो। फूल और कांटे ले अजयलाई एक्शन हीरोको रुपमा स्थापित गरेको थियो। यसपछि उनलाई केवल एक्शन फिल्ममा अफर आउन थाल्यो। १९९७ मा फिल्म 'इश्क' मार्फत उनी कमेडी फिल्ममा देखिएपछि उनलाई कमेडी हिरोको रुपमा चिनिन थालियो। हुनत यसपछि उनले कैयौं रोमान्टिक फिल्म हरु पनि खेले तर उनलाई एक्शन र कमेडी फिल्महरुमा धेरै रुचाउन थालियो। आफ्नो उत्कृष्ट अभिनयका कारण उनले कैयौं अवार्ड पनि जितेका छन्।

जबकि कति एक्टरहरु जिवन भर नेशनल अवार्डका लागि मरिमेट्ने गर्छन,अजयले भने फिल्ममा काम गरेको ८ वर्ष भित्रै फिल्म 'जख्म' बाट पहिलो नेशनल अवार्ड जितेको थिए।

त्यस्तै  'द लेजेंड अफ भगत सिंह' बाट उनले दोस्रो नेशनल अवार्ड पाएका थिए।

अजयले आजसम्म कैयौं सुपरहिट फिल्ममा काम गरेका छन्।तर उनको निर्देशक बन्ने सपना भने सफल हुन् सकेन्।  अजयले निर्देशन क्षेत्रमा हात त हाले तर अभिनय जसरी सफलता प्राप्त गर्न सकेनन्। उनले २००८ मा पहिलोपटक फिल्म 'यू, मी और हम' निर्देशन गरेका थिए जसमा उनको साथमा उनकी पत्नि काजोल मुख्य भुमिकामा थिईन तर यो फिल्म बक्स अफिसमा फ्लप भयो। उनको निर्देशनमा बनेका फिल्महरु कुनैले पनि उनलाई चाहेजति सफलता दिन भने सकेन्। उनको एक्टिंग कमेडी र एक्शनले उनलाई चर्चामा ल्याएपनि निर्देशन पाटोमा भने उनलाई कमजोर देखिएको छ।

अजय लाई कमेडी र एक्शन फिल्म बढी रुचाइने हुनाले पनि उनी पछिल्लो समय कमेडी र एक्शन जनराका फिल्महरुमा मात्र देखिएका छन्।उनको आगामि फिल्म 'गोलमाल ४' पनि छिट्टैनै रिलिज हुँदैछ्।