<pre style="text-align: justify; "><b>चैत, काठमाडौं। </b></pre><p style="text-align: justify; ">धुर्मुस सुन्तली फाउण्डेशनको निर्माणमा रहेको महोत्तरीको बर्दिवास स्थित एकिकृत नमुना मुसहर बस्तीको हस्तान्तरण गर्न अब १० दिन बाँकि रहेको छ। यसैविच फाउण्डेशनलाई अमेरिकाको मिनेसोटा राज्यमा रहेको नेपालीहरुको एक संस्थाले २ करोड १० लाख नगद सहयोग गरेको छ । भुकम्प पिडितहरुकालागि सहयोग प्रदान गदै आएको एसोसिएसन अफ नेपली ईन मिनेसोटाले धुर्मुस सुन्तलीको बस्ती निर्माणका लागि आर्थिक अभाव नहोस भन्दै उक्त सहयोग रकम प्रदान गरेको हो । </p><p style="text-align: justify; ">एसोसिएसनका बोर्ड मेम्वर अनिल रायमाझि र स्विटी सिंह श्रेष्ठले सहयोग हस्तान्तरणका लागि नेपाल आई बस्ती निर्माण स्थलमै पुगेर फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ लाई सहयोग हस्तान्तरण गरेका थिए। उनीहरुले धुर्मुस सुन्तलीको कामबाट प्रभावित हुदै आफुहरुले फाउण्डेशनलाई सहयोग गरेको बताएका छन् । साथै फाउण्डेशनलाई गरेको सहयोग दुरुपयोग नहुनेमा विश्वस्त रहेको पनि एसोसिएसनका बोर्ड मेम्बर अनिल रायमाझिले बताएका छन्। </p>