चैत काठमाडौं ।

चलचित्र पञ्चायतको फष्टलुक सार्वजनिक गरिएको छ । रामनवमीको अवसर पारेर चलचित्र युनिटले पहिलो पोष्टरसँगै रिलिज मिति पनि तय गरेको छ । चलचित्र आगामी ०७४ सालको फागुन १८ गतेबाट रिलिजमा आउने छ ।

आगामी मे महिनाको अन्तिममा अमेरिकामा चलचित्रको प्रिमियर गरिने निर्माण पक्षले जनाएको छ । ५० वर्ष पुरानो कथा बोकेको नेपाली चलचित्र पञ्चायतमा सरोज खनाल र निता ढुंगानाको मुख्य भूमिका रहेको छ । चलचित्रमा रूपा राना, गतिा अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठलगायतको अभिनय रहेको छ ।

ग्रामणि कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पञ्चायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरीको प्रस्तुति रहेको यो चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा टंक बुढाथोकी संगीत, रामेश्वर कार्कीको छायांकन तथा विपिन मल्लको सम्पादन रहेको छ । चलचित्रको टिजर वैशाख १ गते रिलिज बताइएको छ ।

चलचित्रलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी गराउने तयारीसमेत गरिएको छ । नेपालमा समेत चलचित्र विभिन्न संघसंस्थाको सहयोगार्थ चलचित्रको च्यारिटी गरिने भएको छ ।