‘प्रेमगीत २’ को कभर गीत गाउनुस् १ लाख जित्नुस्

चैत, काठमाडौं ।

आशुसेन फिल्मस्ले निर्माण गरेको चलचित्र ‘प्रेमगीत २’ का लागि कभर गीत प्रतिस्पर्धा आयोजना गरिएको छ । निर्माता सन्तोष सेनका अनुसार सहभागीले वैशाख १ गते रिलिज हुने शीर्ष गीतमा कभर गीत निर्माण गर्न सक्नेछन् । रोहितजोन क्षेत्री र श्रेया सोताङले आवाज भरेको गीतमा युट्युव कभर सङ बनाउन सकिने निर्माणपक्षले बताएको छ । यसपटक पुरुष र महिलाका लागि अलगअलग प्रतिस्पर्धा गर्ने र दुवै विजेताले नगद १–१ लाख पुरस्कार प्राप्त गर्न सक्नेछन् । ‘प्रेमगीत’ मा कभर गीत गाएर पहिलो भएका संसार राईले ‘प्रेमगीत २’ का लागि गीत रेकर्डिङ गराइसकेका छन् ।

साउन १३ गते रिलिज हुने यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका छ । नेपाल, थाइल्याण्ड र बर्मामा यो चलचित्रको छायांकन गरिएको छ । संसारले रेकर्डिङ गरेको गीतलाई यसको निर्माणपक्षले पनि प्रशंसा गरेको छ ।